सोमबारदेखी सुरु हुँदै ‘द पोएट आइडल’ सिजन २
नेपालबहस संवाददाता
माघ २७, २०८० शनिबार १६:३१:५०
२७ माघ, काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ आगामी सोमबारदेखी प्रसारणमा आउने भएको छ । शुक्रबार आयोजीत प्रायोजक घोषणा कार्यक्रममा प्रसारण मिति र समयबारे जानकारी गराइयो । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलमा राती ९ बजे प्रसारण हुनेछ ।
कार्यक्रममा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे । वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने यस शोको यसपटकको दोस्रो सिजनमा अभिनेत्री केकी अधिकारी जज्को रुपमा भित्रिएकी छिन् । साथै अन्य तीन जज् पहिलो सिजनकै दोहोरिहरन्छ । चलचित्रकी अभिनेत्री कविता सम्बन्धित रियालिटी शोको जज् किन ? भन्ने सामाजिक सञ्जालमा आइरहेका प्रश्नबारे सन्चारकर्मिले प्रश्न गरेका थिए । सोहि बिषयमा निर्देशक र अभिनेत्री अधिकारीले उक्त आलोचनाको खण्डन गरेका थिए ।
अभिनेत्री केकीले चलचित्र अभिनेत्रीको रुपमा कला र साहित्यप्रति आफ्नो पनि जिम्मेवारी हुने बताइन् । उनले सबैको धारणालाई सम्मान गर्ने बताएकी थिइन् । 'मलाई यहाँ गरिएको प्रश्न जस्तै सुरुमा निर्देशक अमनदाई लाई गरेकी थिएँ । म नै जज् किन भनेर । उहाँहरुले दर्शकको प्रतिनिधित्व गर्ने महिला जज् चाहिएको बताउनुभयो । म कला क्षेत्रमा किन छु भन्दा, यहाँ आफूलाई लागेको कुरा मजाले अभिव्यक्त गर्न सकिन्छ । म ओपनियनलाई एकदमै शिरोधार्य गर्न सक्ने व्यक्ति पनि हुँ ।' केकीले भनिन् । ‘यो रियालिटी शोलाई विभिन्न कुराको विश्लेषण गर्न सक्ने व्यक्ति चाहिएको कारणले हो भनेपछि मैले थप गर्न जरुरी भएन । मैले चलचित्रमा अभिनेत्रीको रुपमा काम गरिरहेकी छु जसले गर्दा कला साहित्यप्रति मेरो पनि जिम्मेवारी छ ।'
निर्देशक अधिकारीले केकीलाई अब्बल नायिकाको रुपमा प्रशंसा गर्दै उनले पोएट आइडललाई न्याय गर्न सक्ने बताएका थिए । निर्देशन अधिकारी भन्छन्, 'यो शो लेखनमा मात्र आधारित शो होइन । केकी अब्बल नायिका हुन् । हामी केकीले गर्ने क्यारेक्टर र अभिनयबाट तानिएका हौं ।'
शोको कुल एपिसोड फिनालेलाई छाडेर ३० हुने जानकारी गराइयो । यसपटकको सिजन २ मा जज्मा केकीसँगै बिप्लब प्रतिक, उपेन्द्र सुब्बा र अनुप बराल रहनेछन् भने होस्टको रुपमा दिव्यदेव रहनेछन् । आयोजकले शोको बिजेतालाई नगद १० लाख रुपैंया सहित एक पुस्तक सार्वजनिक गरिदिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
भदौ २६, २०८१ बुधबार
राजसंस्था र हिन्दू अधिराज्य पूर्नस्थापना गर्ने आन्दोलनको तयारीमा जुट्दै राप्रपा
भदौ २५, २०८१ मंगलबार
गृह मन्त्रालयद्वारा ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा
भदौ २६, २०८१ बुधबार
बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
भदौ २६, २०८१ बुधबार
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा लिखित जवाफ माग
भदौ २६, २०८१ बुधबार
बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै
भदौ २६, २०८१ बुधबार
अमेरिकाको राष्ट्रपति बन्ने दौडमा रहेका ह्यारिस र ट्रम्पबीच रोचक बहस
भदौ २६, २०८१ बुधबार
सकियो माओवादीको मधेश प्रदेश बैठक
भदौ २६, २०८१ बुधबार