एनआरटी पेनाल्टीमा चुक्दा मकवानपुर गोल्डकपको उपाधि एपिएफलाई
नेपालबहस संवाददाता
माघ २७, २०८० शनिबार २१:२२:१३
२७ माघ, मनहरि (मकवानपुर) । सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल सशस्त्र प्रहरी (एपिएफ) क्लबले हात पारेको छ । आज भएको फाइनलमा नेपाल एपिएफ क्लबले एनआरटीलाई पराजित गर्यो ।
निर्धारित समयमा गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीॆ सुटआउटमा एनआरटीका तर्फबाट जय गुरुङ, गोलरक्षक प्रिसो, विकेक गुरुङले गोल गर्न सफल भए भने सरोज तामाङ र अभिशेक लिम्बूले प्रहार गरेको बल बाहिर पुगेको थियो ।
त्यस्तै एपिएफका तर्फबाट एनी सेट, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गर्न सफल भए भने बुद्धीमान राई र दिपेश धिमालले गरेको प्रहार रोक्नुका साथै क्रसबारमा ठोकिएर बाहिर पुगेको थियो ।
त्यसपछि खेल सडनडेथमा पुगेको थियो । सोही क्रममा एनआरटीको तर्फबाट मोहित गुरुङले गोल गर्न सफल भए भने रन्दीप पौडेलले प्रहार गरेको बल एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोक्न सफल भए । एपिएफका लागि कप्तान मणि लामा र फोडे फोफानाले एक–एक गोल गर्दै उपाधि चुमे । उपाधिसँगै एपिएफले रु १५ लाख नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै उपविजेता बनेको (न्यूरोड) एनआरटीले रु १० लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । खेलको प्लेयर अफ दी म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एपिएफका एञ्जल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर एपिएफकै कुलदीप कार्की, उत्कृष्ट मिल्डफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट फरवार्ड एनआरटीकै जोन क्लोरी घोषित भए । उनीहरूले जनही रु २० हजार नगदसहित ट्रफी प्राप्त गरे ।
उत्कृष्ट प्रशिक्षक एपिएफका सुमन श्रेष्ठ भए भने सर्वाधिक गोलकर्ता अनिश महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले स्व पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सौजन्य गरेको रोयल बुलेट बाइक प्राप्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार