सोलुखुम्बुमा १८ आगलागीका घटना, तीन करोडभन्दा बढीको क्षति
नेपालबहस संवाददाता
माघ २७, २०८० शनिबार २१:५५:५३
२७ माघ, सोलुखुम्बु । सोलुखुम्बुमा छ महिनामा आगलागीबाट रु तीन करोडभन्दा बढीको भौतिक क्षति भएको छ । चालु आर्थिक वर्ष छ महिनामा १८ वटा आगलागीका घटना हुँदा रु तीन करोड १९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सबैभन्दा बढी सोलुदुधकुण्ड नगरपालिका र माप्यदुधकोशी गाउँपालिकामा चार÷चार वटा आगलागीका घटना भएका छन् ।
थुलुङ दुधकोशी गाउँपालिकामा तीन, महाकुलुङ, सोताङ र नेचासल्यान गाउँपालिकामा दुई÷दुई वटा र खुम्बु पासाङल्हामु गाउँपालिकामा एउटा आगलागीका घटना भएको प्रहरीको तथ्याङ्क छ । सो अवधिमा भएको आगलागीबाट एक मन्दिरसहित १६ वटा घर जलेर नष्ट भएका छन् भने दुई वटा स्काभेटरमा आगजनी भएको प्रहरी निरीक्षक मिश्रले बताए ।
घटनामा एक जना बालकको ज्यान गएको छ । गत मंसिर २१ गते चौरी गोठमा भएको आगलागीमा परी सोलुदुधकुण्ड नगरपालिका–२ का चार वर्षीय बालक पासाङ शेर्पाको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिरबाट लडेर घाईते भएका एक जनाको काभ्रेबाट उद्धार
कात्तिक २८, २०८१ बुधबार
देउती बज्यै मन्दिरका पुजारी मृत फेला
कात्तिक २८, २०८१ बुधबार
मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार