आयोजक र प्रशासनको कमजोर सुरक्षा व्यवस्थापनले वालिङ महोत्सवमा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १०:५४:४८
२८ माघ, वालिङ । वालिङमा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । आठौं वालिङ महोत्सवको नवौं दिन शनिबार राती गीत गाउने क्रममा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको हो । आयोजक संस्था वालिङ उद्योग वाणिज्य संघ, सुरक्षाको जिम्मा लिएकाे जिल्ला प्रशासन कार्यालय, स्याङजा र इलाका प्रशासन कार्यालय वालिङको फितलो कमजोर सुरक्षा व्यवस्थापनका कारणले घटना घटेको पाइएको छ ।
गायक दुर्गेश थापाले घटनाबारे दुःख व्यक्त गर्दै घटनालाई सामान्य रुपमा हेरिदिन आग्रह गरेका छन् । उनले भने, ‘गीत गाउँदै थिए, म माथि आक्रमण भयो ।’ जुत्ता प्रहारपछि मञ्चबाट उनले कुनै प्रतिक्रिया जनाएनन् । निरन्तर प्रस्तुति दिइरहे ।
आठौं वालिङ महोत्सवका संयोजक चेतनारायण श्रेष्ठले कलाकार थापामाथि जुत्ता प्रहार बारे आफूलाई केही जानकारी नभएको बताए । तर, घटनाको बेला आफू भने मञ्चमै भएको स्वीकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङजाका निमित्त प्रवक्ता इन्सपेक्टर पवल सिं लामाका अनुसार जुत्ता प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू माथि अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाउने तयारी रहेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
उखु खेतीको इतिहास र पहिचानलाई जीवन्तता दिन खुदो मेला
पुष १५, २०८१ सोमबार
पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार