न्यायालय स्वतन्त्र छ भन्दैमा न्यायाधीशहरुलाई मनपरी निर्णय सुनाउने छुट छैन्ः मन्त्री गुरुङ
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १३:१४:३७
२८ माघ, चितवन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्यायाधीशहरूले आफूखुसी काम र निर्णय गर्न नपाउने बताएका छन् । न्यायाधीशहरूले गल्ती गर्दा न्याय सम्पादनमा विभिन्न प्रश्न उठेको मन्त्री गुरुङले बताए ।
उनले न्यायालय स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यायालय स्वतन्त्र छ भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने बताए । न्यायाधीशहरूले कमी कमजोरी गरे न्यायपरिषद्ले कारबाही गर्ने उनको भनाइ थियो । न्याय सम्पादनमा यदि कमी कमजोरी देखियो र त्यसमाथि केही कुरा जोडिएर आयो भने सरकारले कसैलाई छाड्दैन ।
वर्तमान सरकार गठन हुँदाकै समयको तुलनामा अहिले धेरै सुधार भएको बताएका छन् । नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले धेरै सुधार भए पनि मुलुकमा अझै अप्ठ्यारो अवस्था भने कायमै रहेको उल्लेख गरे ।
वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण थियो । सबैतिर अब नेपाल पनि श्रीलंकाकै पद चापमा जाने भयो भन्ने अवस्थामा थियो । हामीहरू मन्त्रिमण्डलमा समावेश भइसकेपछि त्यो अप्ठ्यारो परिस्थितिबाट बिस्तारै ‘ट्र्याक’मा ल्याउँदै छाैं । पूरै राम्रो भइसकेको भने छैन, उनले भने ।
सहकारी पीडितका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरिरहेको बताउँदै उहाँले दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट नदिने बताए । केही अप्ठ्यारो परिस्थितिका कारण जनताको चाहनाअनुसार काम हुन नसकेको भनाइ उनको भनाइ थियो ।
फरक प्रसंगमा बोल्दै नेपाली कांग्रेसका उपसभापति गुरुङले समुदायमा कांग्रेस अभियानका क्रममा देखिएको निराशाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए । लोकतन्त्र मान्ने मान्छे निराश हुने आत्तिने होइन, जनमत परिवर्तन भइरहन्छ, राजनीति निरन्तर बग्ने नदी भएकाले उतारचढाव आइरहने भन्दै उनले आत्तिन नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार