चापाकोट महोत्सवमा पत्रकार पराजुली सम्मानित

नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १३:१९:७

२८ माघ, पोखरा । कास्कीको चापाकोटमा जारी महोत्सवमा चापाकोटमा जन्मिएर पत्रकारिता क्षेत्रमा राष्ट्रिय स्तरमा पहिचान बनाएका व्यक्तित्व गंगाधर पराजुलीलाई सम्मान गरिएको छ । चापाकोटमा जन्मिएर नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष एवं नेपाल सरकारको न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्ष रहेर नेपाली पत्रकारहरूको सेवा सुविधा र पारिश्रमिकको सवालमा साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार पराजुलीलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेर काम गरेका पराजुली हाल नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य समेत रहेका छन् । उनी गुरुकुल खबर अनलाइनका अध्यक्ष एवं प्रधान सम्पादक रहेका छन् । उनले यस अगाडि पनि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरु प्राप्त गरिसकेका छन् ।
माघ २४ देखि २८ गतेसम्म चल्ने उक्त महोत्सवलाई सफल पार्न आर्थिक सहयोग गरेको भन्दै स्थानीय शिवलाल पराजुली र घनश्याम पराजुलीलाई पनि सम्मान गरिएको छ । शिवलाल पराजुलीले आफ्नो परिवारको तर्फबाट १ लाख ५० हजार रूपैयाँ सहयोग गरेको र घनश्याम पराजुलीले ५० हजार रूपैयाँ सहयोग गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि रहेका राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले सम्मानपत्र प्रदान गर्नुको साथै दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरेका थिए भने अन्य सहयोग दाताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । देवकोटा चापाकोटमा जन्मिए पनि बारा जिल्लामा बसाई सराई गरेपछि बागमती प्रदेशमा रहेर राजनीतिमा सक्रिय छन् । उनी यस अगाडि सत्तारुढ गठबन्धन दल मध्ये एकीकृत समाजवादीको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन् ।
यसै गरि सम्मानपछि आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य देवकोटाले चापाकोट आफ्नो जन्मस्थल भएकोले पनि यस क्षेत्रको समग्र विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँको भौतिक,सामाजिक, आर्थिक तथा पर्यटकीय विकासको लागि सरकारको बजेट लिन सक्नुपर्ने र त्यसको लागि स्थानीय बासिन्दाहरूले विभिन्न तहका सरकार समक्ष निरन्तर लबिंग र दवाबमा सक्रिय रहनुपर्ने बताए ।
कार्यक्रममा महोत्सव आयोजक समितिका अध्यक्ष भीम पराजुली, पोखरा पर्यटन प्रबर्द्धन समितिका रबिन्द्र पौडेल र आयोजक सचिव जीवन सुनार लगायतले आफ्नो भनाई राखेका थिए । महोत्सवका क्रममा विभिन्न समूहले आफ्नो आफ्नो प्रस्तुति दिने क्रम शनिबार पनि जारी रह्यो । जस अन्तर्गत खुल्ला रतेउली प्रतियोगिता, भजन प्रतियोगिता, नौमती बाजा प्रतियोगिता, कौडा नृत्य प्रतियोगिता, सामुहिक बालनृत्य प्रतियोगिता र झाँकी प्रतियोगितामा भाग लिएका समूह र व्यक्तिले आआफ्नो समूहको प्रस्तुतिलाई निरन्तरता दिएका छन् ।
प्रतियोगिता अन्तर्गत बाँकी रहेका विभिन्न समूहको सांस्कृतिक कार्यक्रम आज आइतबार सकिने र सोही दिन विजेता घोषणा गरि पुरस्कृत गरिने जानकारी सांस्कृतिक कार्यक्रमका संयोजक युवराज भण्डारीले जानकारी दिएका छन् । गत शुक्रबार चोलेन्द्र पौडेलले गीत गएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
महोत्सव अन्तर्गत आयोजित विभिन्न प्रतियोगिताको निर्णायकहरुमा सरला पाण्डे, बद्री पराजुली र शिवहरी ढुंगाना रहेको चौथो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सवका सचिव जीवन सुनारले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा
माघ २१, २०८१ सोमबार
गण्डकी प्रदेशको अधिवेशन सुरू हुँदै
माघ २१, २०८१ सोमबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार