डीआईजी चन्द बिदामा भएकाले विमानस्थलका प्रहरी पुरस्कृत भएको बारे प्रष्ट भएको छैन्ः आईजीपी कुँवर
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १४:३४:२४
२८ माघ, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले विमानस्थलमा अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई पुरस्कृत गरेको भन्ने बारे हाल विदामा बसेका डीआईजी अर्जुन चन्द ठकुरी फर्किएपछि मात्र स्पष्ट हुने बताएका छन् । उनले जसले पुरस्कार गर्यो भनिएको छ उ विदामा भएको र यसबारे कुनै रिपोटिङ नगरेकाले छानबिन भइरहेको बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा उनले यस्तो बताएका हुन् । कर्मचारीहरूको कुटाकुटपछि विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएकोबारे सोधिएको प्रश्नमा उनले डीआईजीको राजीनामा आएको तर स्वाभाविक रुपमा आएको हो वा होइन भन्ने विषयमा छानविन भइरहेको बताए । महानिरीक्षक कुँवरले चन्द आफ्नो ब्याचमेट भएको बताए ।
उनले हाल बिदामा रहेका ठकुरीले आफू मातहतका तीन प्रहरीलाई पुरस्कृत गरेको विषयमा छानबिन पनि भइरहेको बताए । उनले केही प्रहरीलाई पुरस्कृत गरेको भन्ने मिडियामा समाचार आएपनि यसको आधिकारिक पुष्टि नभएको भन्दै उनले छानबिन भइरहेको र डीआईजी चन्द विदाबाट फर्किएपछि सबै कुरा प्रष्ट हुन बताए ।
ठकुरीले प्रहरी नायब निरीक्षक (सई) प्रकाश चौधरी, सहायक निरीक्षक (असई) सञ्जय तामाङ र जवान रविजंग गुप्तालाई पुरस्कृत गरेको भन्ने समाचार बाहिरिएको भन्दै सांसदहरुले प्रश्न उठाएका थिए । चौधरीलाई १ हजार २००, तामाङलाई १ हजार १०० र गुप्तालाई ८०० रूपैयाँसहित पुरस्कृत गरिएको बताइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार