चेपाङ महिलाको आयआर्जनका लागि बाख्रा वितरण
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १५:२६:५४
२८ माघ, गोरखा । गण्डकी गाउँपालिकामा रहेका चेपाङ समुदायका विपन्न नागरिकलाई जीविकोपार्जन सहयोगको लागि उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको छ ।
चेपाङ समुदायको आर्थिक अवस्था सुधारका लागि गण्डकी गाउँपालिकाको वडा नं ७ मा बाख्रा पालन गर्ने किसान छनौट गरी बाख्रा पालन तथा गोठ व्यवस्थापन तालिम प्रदान गरी ५८ जनालाई बाख्रा तथा ४ जनालाई ब्याडको बोका वितरण गरिएको छ ।
तारा नमस्ते फाउण्डेसनले यसअघि गोठ सुधारका लागि जस्तापाता र जाली दिएपछि बाख्राको लागि खोर सुधार गरेको स्थानीय सितामाया चेपाङले बताइन् । उनले भनिन् ‘पहिले आफूसँग ४ वटा थिए संस्थाले एउटा बाख्रा दियो अब व्यवसायिक रुपमा बाख्रा पाल्ने निधो गरेको छु ।’
अहिले बाख्रा पाउने ५८ जना मूल समुहका हुन् अर्को वर्ष उपहार समूहका सदस्य ५८ जनालाई उनीहरूले पाठी उपहार दिनेछन् । बाख्रामा नश्ल सुधारका लागि ४ टोलमा ४ वटा बोयर जातको बोका समेत वितरण गरेको तारा नमस्ते फाउण्डेसनका कार्यक्रम व्यवस्थापक राजन पुडासैनीले बताए । सबै कार्यक्रम स्थानीय सरकारसँगको समन्वयमा गरिएको छ ।
यस बाहेक यहाँको चेपाङ समुदायका १४ परिवार कुखुरा पालन समुहमा आवद्ध छन् उनीहरुलाइ खोर व्यवस्थापन तथा चल्ला र दाना समेत वितरणको तयरी भइरहेको पुडासैनीले बताए । गण्डकी गाउँपालिका–६ को लामिडाडा, सल्लेरी, भक्केडाडा, खरेटार, बदला, क्षेत्रीखोला, ७ को कौदी खोलामा पोषणयुक्त घाँस रोपण, बाख्रा तथा स्थानीय नागरिकको स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने पुडासैनीले जानकारी दिए ।
प्रजाज्योति आधारभूत विद्यालयमा भएको बाख्रा वितरण कार्यक्रममा बोयर जातको उततन बोका पाएपछि खुशी लागेको स्थानीय गुमानसिं चेपाङले बताए । गाउँमा अधिकांसले गाइ, भैसी तथा अन्य पशुपालन गरेका छैनन् बाख्राका लागि घाँसको समस्या नहुने हुनाले धेरैले बाख्रा पाल्ने योजना बनाएको स्थानीय कौशिला चेपाङले बताइन् ।
स्थानीयको माग अनुरुप चेपाङ बस्तीका बिपन्न महिलाहरूको आयआर्जनका लागि बाख्रा वितरण कार्यक्रम भएको र कुखुका वितरणको कार्यक्रम पनि छिटै गरिने तारा नेपाल फाउण्डेसनका अध्यक्ष ईश्वर श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात
असोज १४, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री राईद्वारा प्रकाशलाई जग्गा प्रदान
असोज १३, २०८१ आइतबार
नख्खु खोलाबाट तीन जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध संसदीय समितिले माग्यो उजुरी
असोज १४, २०८१ सोमबार
रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजारभन्दा बढी विस्थापित
असोज १४, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
असोज १४, २०८१ सोमबार
एनआरएनएले बाढी पीडितलाई एक करोड सहयोग गर्ने
असोज १४, २०८१ सोमबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज १४, २०८१ सोमबार
पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना
असोज १४, २०८१ सोमबार