रामग्राम स्थुप ठेक्कासम्बन्धी सम्झौता रद्द गर्न सरकारलाई लेखा समितिको निर्देशन
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १६:५६:४१
२८ माघ, काठमाडौं । सार्वजनिक लेखा समितिले लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रसँग सम्बन्धित सबै ठेक्का सम्झौता रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले सो क्षेत्रसँग सम्बन्धित सम्झौता आजैबाट लागू हुने गरी खारेज गर्न निर्देशन दिएको हो ।
रामग्राम गौतम बुद्धको अस्थिधातु राखिएका ८ स्थलमध्ये एक मानिन्छ । यसलाई ९९ वर्ष सम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरवेटी शारादाप्रसार अधिकारीका छोराको कम्पनीलाई ठेग्गामा दिने सम्झौता भएको थियो । सो क्षेत्र विकासका लागि लुम्बिनी विकास कोषले काम अघि बढाएको थियो ।
कोषले अधिकारीका छोरोको ‘प्रमिस्ड ल्यान्ड’ भन्ने कम्पनीलाई सैद्धान्तिक सहमति प्रदानसमेत गरेको थियो । त्यसबारे विभिन्न प्रश्न उठेपछि लेखा समितिमा आइतबार छलफल भएको थियो । समितिको बैठकले उक्त ठेक्का प्रक्रिया सबै रद्द गर्न सरकारलाई निर्देशन दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
बाँकेका एक हजार पाँच सय ८८ बालबालिका कुपोषणका फेला
पुष १०, २०८१ बुधबार
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार