कांग्रेसले फागुन ३ गते बोलायो केन्द्रीय कार्यसमिति बैठक
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १८:२९:५८
२८ माघ, काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन ३ गते बिहीबार हुने भएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा फागुन ७ देखि १० गतेसम्म हुने कांग्रेस महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए । कांग्रेस महासमिति बैठक ललितपुरको गोदावरीमा हुँदैछ ।
पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको छ । हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको उनले बताए ।
महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुनेगरी दुई हजार तीनभन्दा बढी महासमिति सदस्यले भाग लिनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानन्यायाधीश र राजदूतमा सिफारिस भएकाविरुद्ध परेका उजुरी आज खोलिने
असोज १४, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
असोज १४, २०८१ सोमबार
अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लागु गर्ने तयारी
असोज १४, २०८१ सोमबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
असोज १४, २०८१ सोमबार
एनआरएनएले बाढी पीडितलाई एक करोड सहयोग गर्ने
असोज १४, २०८१ सोमबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज १४, २०८१ सोमबार
पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना
असोज १४, २०८१ सोमबार
'पूर्ण बहादुरको सारङ्गी' ले भिडियो प्रतियोगिता गर्दै, विजेताले ५० हजार पाउने
असोज १४, २०८१ सोमबार
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट
असोज १४, २०८१ सोमबार