सानिमा बैंकको खराब कर्जा दोब्बरले बढ्यो, प्रमुख वित्तीय सूचकहरुमा गिरावट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १८:३९:१
![](https://nepalbahas.prixacdn.net/media/albums/sanima_bank_6rwc9jt4H6_vycBm5teMg.png)
२८ माघ, काठमाडौं । केही समय अघि खराब कर्जाको मामलामा वाणिज्य बैंकमध्ये राम्रो नै मानिने सानिमा बैंकको खराब कर्जा यसपटक दोब्बरले वृद्धि भएको छ । गत वर्ष शून्य दशमलव ७७ प्रतिशत रहेको खराब कर्जा अहिले बढेर १ दशमलव ७२ प्रतिशत पुगेको छ ।
गैह्र आवासीय नेपाली (एनआएनए) हरुको प्रमुख लगानी रहेको सानिमा बैंकको प्रमुख वित्तीय सूचकहरूमा पनि भारी गिरावट आएको छ । बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानी ६ प्रतिशतले घटेको छ भने संचालन मुनाफा, खुद मुनाफादेखि वितरण योग्य मुनाफासम्म घटेको छ । निक्षेप संकलन र कर्जा प्रवाह पनि सुस्त छ । असार मसान्त र पुष मसान्तलाई दाँजेर हेर्दा निक्षेप र कर्जा प्रवाह ४ प्रतिशतले मात्र वृद्धि भएको छ ।
बैंक संचालक समितिको अध्यक्षमा टुकप्रसाद पौडेल रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यहरूमा गायत्री थापा, केशव प्रसाद आचार्य, रमेश कुमार पोखरेल, आशुतोष उपाध्याय र बलराम पराजुली रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ निश्चलराज पाण्डेदेखि डेपुटी सीईओमा तेज बहादुर चन्द र पवन कुमार आचार्य तथा सहायक सीईओका रुपमा बबी सिंह गड्तौला रहेका छन् । त्यस्तै बैंकको विभागीय प्रमुखहरूमा सुजीत ढकाल, विभोर झा, रोशन चन्द्र गौतम, हिटलर श्रेष्ठ, हेमराज सञ्जेल, नारायणप्रसाद खतिवडा लगायत छन् ।
कस्तो आयो आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले १ अर्ब १३ करोड बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब २८ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ११ दशमलव ४२ प्रतिशतको गिरावट भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ अर्ब २१ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा ६ दशमलव शून्य ४ प्रतिशतको गिरावट भएको छ । त्यस्तै, संचालन मुनाफा १० दशमलव ६४ प्रतिशतले घट्दै १ अर्ब ६२ करोड पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ८२ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६ रूपैयाँ ८१ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी २० रूपैयाँ ६९ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १८ दशमलव ७५ प्रतिशतले घटेको छ ।
वितरण योग्य मुनाफा :
कम्पनीको वितरण योग्य मुनाफा ६५ करोड १४ लाख मात्र रहेको छ । गत आर्थिक वर्ष वितरण योग्य मुनाफा ९६ करोड ३७ लाख थियो । समीक्षा अवधिमा वितरण योग्य मुनाफा ३२ दशमलव ४० प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा १० रूपैयाँ ४४ पैसा रहेको छ । गत आर्थिक वर्ष प्रतिशेयर वितरण योग्य मुनाफा १४ रूपैयाँ ३४ पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ खर्ब ८३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९-८० को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ४ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ४ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष १६ दशमलव १३ प्रतिशतले बढेर ५ अर्ब ४६ करोड पुगेको छ भने संचित मुनाफा ७० दशमलव ५९ प्रतिशतले घटेर ६५ करोड १४ लाख रूपैयाँ पुगेको छ ।
किताबी मूल्य :
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १४५ रूपैयाँ शून्य २ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा १ दशमलव ७२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा शून्य दशमलव ७७ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही घट्दै ९ दशमलव २९ प्रतिशत पुगेको छ । स्प्रेडदर ४ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ३९ प्रतिशत थियो ।
ठुला शेयरधनीः
आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठूलो शेयरधनीमा अरुण कुमार ओझा रहेका छन् । बैंकमा उनको ७ दशमलव ९४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
कम्पनीले आर्थिक वर्ष २०७९-८० मा ९ प्रतिशत बोनस र ५ दशमलव ७ प्रतिशत नगद लाभांश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार