नेपाली गीतको श्रव्यदृश्य निर्माणमा एआइको प्रयोग

नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार २२:१०:४

२८ माघ, काठमाडौं । सूचना प्रविधिका क्षेत्रमा कृत्रिम बौद्धिकता 'आर्टिफिसिएल इन्टेलिजेन्ट–एआइ' को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको मानवनिर्मित प्रविधि एआइमा मानिससरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ ।
गुगल, माइक्रोसफ्ट, लेनोभोजस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआइमा काम गरिरहेका छन् । इन्टरनेट प्लेटफर्ममा एआइ प्रविधिका विभिन्न एपहरू चर्चामा पनि रहेका छन् ।
ती एपहरूले सङ्कलन गरेर नयाँ ढङ्गले सूचना प्रस्तुत गर्नका लागि जेनेरेटिभ एआइ प्रविधिको प्रयोग गर्छन् अर्थात् ‘ओपन सोर्स’मार्फत सूचना निर्माण गर्ने काम गर्छन् । यसै प्रविधिमार्फत हाल नेपाली गीतका लागि श्रव्यदृश्य तयार गरिएको छ ।
गायक प्रमोद खरेल र गायिका डा त्रिशाला गुरुङले गाएको बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन, उदाहरण बन’ को श्रव्यदृश्य एआइ प्रविधिमार्फत तयार गरिएको हो ।
“हामीले सोचेजस्तो भिडियोलाई एआइको मद्दतले तयार गरेका हौँ । अहिले विश्वभर प्रविधिको प्रयोग बढिरहँदा हामीले पनि सुरुआत गरेका हौँ”, निर्देशक ढुङ्गेलले भने, “गीतले आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इञ्जिनियर, पाइलटजस्ता निश्चित पेसामा लागेको देख्न रुचाउने परम्परागत सोचभन्दा माथि उठेर जेजस्तो काम, पेसा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न प्रेरित गरेको छ ।” श्रव्यदृश्यलाई राजु बस्नेतले सम्पादन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सहर–विनाशक’ क्षुद्रग्रहले पृथ्वीमा ठक्कर दिन सक्छ, हामी कति चिन्तित हुनुपर्छ ?
माघ २३, २०८१ बुधबार
चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन’: अल्टम्यान
माघ २१, २०८१ सोमबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार