अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको मुगुमा सरुवा
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार १२:३२:३४
२९ माघ, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले चौतर्फी विरोध आएपछि बाँसबारी जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा गरेका छन् ।
न्याय परिषद स्रोतले दिएको जानकारी अनुसार प्रधानन्यायाधीश श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका चौधरीसहित तीन जनालाई म्याद थप गर्न लैजाँदा दुई दिनको मात्र म्याद दिएर रिहा गर्न आचार्यले आदेश दिएका थिए ।
आचार्यको आदेशमा हजारौँलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्दसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठले असहमति राखेका थिए । प्रधानन्यायाधीश श्रेष्ठसँग न्यायाधीशको फैसलाबारे विभिन्न प्रश्न आएपछि आचार्यको सरुवा गरिएको हो ।
यसअघि नवलपुर जिल्ला अदालतमा रहँदा देशैभरबाट सबैभन्दा धेरै मुद्दा फर्छ्याेट गरेका आचार्यलाई प्रधानन्यायाधीश श्रेष्ठले नै दुई वर्ष पूरा नहुँदै काठमाडौं जिल्ला अदालतमा सरुवा गरी ल्याएका थिए । काठमाडौँको मुद्दाको चाप घटाउन सहज हुने भनी काठमाडौं ल्याइएका उनलाई आदेशका प्रयोग गरिएको भाषाका कारण विवादमा परेपछि काज सरुवा गरेर मुगु पुर्याएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक
माघ १, २०८१ मंगलबार
बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला
माघ १, २०८१ मंगलबार
मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक
माघ १, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो
माघ १, २०८१ मंगलबार