गृह मन्त्रालयले भन्यो, ‘फागुन १ गते सार्वजनिक बिदा छैन’
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार १३:६:१३
२९ माघ, काठमाडौं । गृह मन्त्रालयले भोलि फागुन १ गते सार्वजनिक बिदा नदिइएको जानकारी दिएको छ । सरकारले फागुन १ गते सार्वजनिक विदा दिने गरी गरेको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएपछि सोमबार गृह मन्त्रालयले विदा नदिने जानकारी दिएको हो ।
गत वर्ष फागुन १ गते सार्वजनिक बिदा दिइएको थियो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना जारी गर्दै फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन् । संघीय सरकारले गत वर्ष फागुन १ मा बिदा दिएको थियो ।
सर्वोच्च अदालतले उक्त बिदा बदर गरिदिएको थियो । सर्वोच्चले बिदा बदर गरिदिएपछि गृह मन्त्रालयले सूचना निकालेर फागुन १ मा सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको हो । विभिन्न स्थानीय तहहरूले भने फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार