८ विकेट गुमाएर क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार १३:२२:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/Canada-Vs-Nepal-1024x599_Mn5O0zaVJM_Nq0NFxbyxx.jpg)
२९ माघ, काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।
नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका छन् । उनले आठ ओभरमा ४९ रन खर्चिए । कुशल मल्लले पनि दुई विकेट हात पारे । ललित राजवंशी र आकाश चन्दले पनि एकएक विकेट लिए । क्यानडाका लागि ओपनर ब्याट्सम्यान नवनित धालिवालले अर्धशतक बनाए ।
निखिल दत्तले पनि ४५ रनको योगदान गरे । कप्तान साद बिन जाफरले अविजित ३१ रन जोडे । उनले केवल १५ बलमा दुई छक्का र तीन चौका हिर्काए । साहिद अहमदजाई पाँच रनमा अविजित रहे । क्यानडाले अतिरिक्त रुपमा १४ रन पायो ।
हेमन्तले क्यानडाका ओपनर ब्याट्सम्यान एरोन जोन्सनलाई चार रनको ब्यक्तिगत स्कोरमा देव खनालद्वारा क्याच गराएका थिए । २.४ ओभरमा जोन्सन आउट हुँदा भ्रमणकारी टोली क्यानडाले सात रन बनाएको थियो । क्यानडाको दोस्रो विकेट आकाश चन्दले लिएका थिए ।
उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान श्रीमन्था विजयरत्नेलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि विजयरत्नेले २८ बलमा दुई चौकाको मद्दतले २२ रन बनाएका थिए । १४ औँ ओभरको अन्तिम बलमा विजयरत्ने आउट हुँदा क्यानडाले ५५ रन बनाएको थियो ।
क्यानडाको तेस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तनलाई तीन रनको ब्यक्तिगत स्कोरमा भीम सार्कीद्वारा क्याच गराएका थिए । १८.१ ओभरमा निकोलस किर्तन आउट हुँदा क्यानडाले ७४ रन बनाएको थियो ।
क्यानडाको चौथो विकेट ललित राजवंशीले लिएका थिए । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई ५० रनको ब्यक्तिगत स्कोरमा आउट गरे । ललितले नवनितलाई आकाश चन्दद्वारा क्याच गराएका थिए । अर्धशतकीय पाली खेल्ने क्रममा नवनितले ८२ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । २७ औँ ओभरको अन्तिम बलमा नवनित आउट हुँदा क्यानडाले एक सय एक रन बनाएको थियो ।
क्यानडाको पाँचौँ विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका पाँचौँ नम्बरका ब्याट्सम्यान हर्ष ठाकेरलाई २९ रनको ब्यक्तिगत स्कोरमा आउट गरेका थिए । कुशल मल्लले हर्षलाई एलबीडब्लूको धरापमा पारेका थिए । जारी खेलमा कुशल मल्लले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि हर्षले ५७ बलको सामना गरी दुई चौका हिर्काएका थिए । ३६.५ ओभरमा हर्ष आउट हुँदा क्यानडाले एक सय ३२ रन बनाएको थियो ।
क्यानडाको छैटौँ विकेट हेमन्त धामीले लिएका थिए । उनले क्यानडाका विकेटकिपर ब्याट्सम्यान श्रेयष मोभालाई २५ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । हेमन्तले श्रेयषलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । आउट हुनुअघि श्रेयषले २९ बलमा एक चौका हिर्काएका थिए । सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ खेल खेलिरहेका हेमन्तले लिएको यो दोस्रो विकेट हो । ४५.४ ओभरमा श्रेयष आउट हुँदा क्यानडाले एक सय ८६ रन बनाएको थियो ।
क्यानडाले निखिल दत्तका रुपमा आफ्नो सातौँ विकेट गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले ६२ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले ४५ रन बनाएका थिए । त्यसपछि भीमले बल विकेटकिपर अनिल शाहलाई दिए । निखिलले रन पूरा गर्नुअघि नै अनिलले उनलाई रन आउट आउट गराएका थिए । ४७.५ ओभरमा निखिल आउट हुँदा क्यानडाले दुई सय १३ रन बनाएको थियो । क्यानडाको आठौँ विकेट भने हेमन्त धामीले लिएका थिए । उनले क्यानडाका तल्लोक्रमका ब्याट्सम्यान डिल्लन हेलिगरलाई चार रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत
फागुन १, २०८१ बिहिबार
दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटअन्तर्गत बैतडी फाइनलमा प्रवेश
माघ ३०, २०८१ बुधबार
बङ्गलादेशी क्रिकेटरलाई भ्रष्टाचारको आरोपमा सबै प्रकारका क्रिकेटबाट प्रतिबन्ध
माघ ३०, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार