राष्ट्र बैंकद्वारा ५ वटा मनि चेन्जरको इजाजत खारेज
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार १४:४९:३७
२९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले समयभित्र नवीकरण नभएका ५ वटा मनि चेन्जर कम्पनीको इजाजत खारेज गरेको छ । उनीहरूले राष्ट्र बैंकको निर्देशन अनुसार काम नगरेको र समयमै नवीकरणसमेत नगरेकाले इजाजत खारेज गरिएको हो ।
राष्ट्र बैंकका अनुसार अनुसार भक्तपुरको न्यातपोल मनि एकसचेन्ज प्रालि, काठमाडौं बसन्तपुरको फेयर मनि एक्सचेन्ज प्रालि, काठमाडौं क्षेत्रपाटीको कैलाश मनि एक्सचेन्ज प्रालिको इजाजत खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।
यसै गरी रसुवाको ग्रेस मनी एक्सचेन्ज प्रालि र काठमाडौं लालदरबारको रुट नेपाल मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज भएको हो । मनि चेन्जर इजाजतपत्र विनियमावली अनुसार इजाजत नवीकरण नगर्ने कम्पनीको इजाजत खारेज भएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
माघ ७, २०८१ सोमबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार