‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ रिलिज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार १५:१४:३५
२९ माघ, काठमाडौं । फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ रिलिज भएको छ । विवाह गीतको रूपमा तयार पारिएको यसमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको सङ्गीत रहेको छ ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको साङ्गीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ । पछिल्लो समयका चलचित्रहरूमा गरेको अभिनयको कारण चर्चामा बराल ‘कमेडी’ शैलीमा भिडियोमा प्रस्तुत भएका छन् । यसको भिडियोको ‘सेटअप’ पनि पृथक् शैलीमा गरिएको छ ।
‘रङ्गेली’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । सुवेदी नै यसका लेखक हुन् । यसमा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह(निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।
अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ । जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ताए ‘कान्छी मट्याङट्याङ’का गायक जोशी
साउन ११, २०८१ शुक्रबार
स्याङजा स्रष्टा सदनको अध्यक्षमा गायक पशुपति शर्मा र महासचिवमा रिजाल निर्वाचित
साउन ५, २०८१ शनिबार
कबि तथा गीतकार अमरदीपको तीज गीत ‘गाउँदेखि शहर' सार्वजनिक
साउन ५, २०८१ शनिबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बुधबार पनि आयो दोलखा भीमसेनको शिलामा पसिना, अनिष्ट हुने मान्यता
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
१७ वर्षीय युवकको मृत्यलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाव
साउन १२, २०८१ शनिबार
बागमतीमा जोड घटाउ मिलाएर कांग्रेसका ४ मन्त्रीलाई शपथ गराए पनि एक मन्त्रालय अझै पुगेन
साउन १२, २०८१ शनिबार
तरकारी खेतीबाट नाम र दाम दुवै
साउन १२, २०८१ शनिबार
विमान दुर्घटनामा परेकामध्ये ११ जनाको शव परिवारले लगे, विदेशीसहित ७ जनाको बाँकी
साउन १२, २०८१ शनिबार