अर्थ मन्त्रालयले घटायो बजेटको आकार
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार १६:४३:५१
२९ माघ, काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थले अर्ध वार्षिक समीक्षामार्फत बजेट १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेको छ । चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरेको हो ।
लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको हो । मन्त्रालयले चालूतर्फ कुल ८८.८४ प्रतिशत, पूँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने गरी लक्ष्य निर्धारण गरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले कठिन परिवेशमा आफूले जिम्मेवारी लिएको बताए ।
उनले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गरे । उनले भने, ‘काम गर्ने कुरा, कुरा गरेको जस्तो हुन्न । आर्थिक सुधारको विषयमा तत्काल परिणाम निस्कन्न । जति सूचक छन्, सकारात्मक छन् । सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि बढ्छ, सार यही हो । बजेट व्यवस्थापनमा चुनौती भने छन् ।’
बजेट पद्दतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने उनले बताए । सूचक सकारात्मक बन्दै गए पनि लक्ष्यअनुसार सूचक नआएको तर, प्रगति भने देखिएको उनले बताए । अर्थमन्त्री महतका अनुसार पर्यटन क्षेत्रमा सुधार भएको छ । मूल्यवृद्धि नियन्त्रणमा छ, कर्जा प्रवाहमा चिन्ता थियो, तर आगामी दिनमा अझै बढ्छ भन्ने ‘कन्फिडेन्स’ बढाउनु छ ।
विप्रेषण बढी चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, वस्तु आयात घटेको छ, निर्यात घटेको छ,’ महतले भने, ‘निर्यात कम हुनुमा उत्पादनशील क्षेत्रले गति नलिँदा कम भएको हो । आयातमा गैर भन्सार चुहावटको आशंका गरिएको छ । सरकारको खर्चमा सबैको चिन्ता छ । समग्र खर्च ३२.५७ प्रतिशत छ ।
अर्थमन्त्री महतका अनुसार राजस्व संकलन ७७.४ प्रतिशत मात्र छ । राजस्व वृद्धिदर ९.६७ प्रतिशत छ । ‘यसबाट सन्तुष्ट छैनौं, बढाउँदै छौं,’ उनले भने, ‘इन्धनमा आयातित गाडी थिए । ईभी प्रमोसनमा जाँदा स्वाट्टै कर घटायौं, यसले महत्त्वपूर्ण भाग आयात राजस्व एकदमै कम भयो ।’
उनले स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख मात्रै उठ्ने संशोधित अनुमान प्रस्तुत गरे ।
यस्तै अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान संशोधन गरिएको छ । अब ४० अर्ब १२ करोड ९ लाख प्राप्त हुने उनले बताए । वाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोडको अनुमान संशोधन गर्दै १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख प्राप्त हुने संशोधित अनुमान उनको छ ।
विदेशी सहयोगमा पहिला भन्दा धेरै प्रतिबद्धता आएको उनको भनाइ छ । दातृ मुलुक र निकायले थप सहयोग गर्ने उत्सुकता देखाएको उनले बताए । ‘साइट क्लियरेन्स, वनका कुरालगायत समस्या छन्, तर पनि सहयोग बढ्दै जान्छ,’ अर्थमन्त्री महतले थपे, ‘विश्व बैंकको एउटा सम्मेलन आगामी जुन तेस्रो साता नेपालमा हुँदैछ, जसमा ९२ देशका प्रतिनिधिको सहभागिता हुन्छ । चाँडै हुन लागेको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताको चासो बढेको छ ।’
पूर्णपाठ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिँचाइ अभिवृद्धि परियोजनाका लागि सरकारले एडीबीबाट १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण लिने
भदौ २१, २०८१ शुक्रबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
भदौ २६, २०८१ बुधबार
सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ : गगन थापा
भदौ २५, २०८१ मंगलबार
राजसंस्था र हिन्दू अधिराज्य पूर्नस्थापना गर्ने आन्दोलनको तयारीमा जुट्दै राप्रपा
भदौ २५, २०८१ मंगलबार
बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै
भदौ २६, २०८१ बुधबार
अमेरिकाको राष्ट्रपति बन्ने दौडमा रहेका ह्यारिस र ट्रम्पबीच रोचक बहस
भदौ २६, २०८१ बुधबार
सकियो माओवादीको मधेश प्रदेश बैठक
भदौ २६, २०८१ बुधबार
अब पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन पाइने
भदौ २६, २०८१ बुधबार
तनहुँको आँबुखैरेनीमा बस दुर्घटना
भदौ २६, २०८१ बुधबार