तपाई घर बनाउने वा किन्ने तयारीमा हुनुहुन्छ भने सिटिजन्स बैंकले दिन्छ सरल र स्थिर ब्याजदरमा कर्जा
१०.९९ प्रतिशत ब्याजदरमा घर कर्जा, ७ वर्षसम्म ब्याजदर नबढने, २५ वर्षसम्ममा चुक्ता गर्न ५ करोडसम्म ऋण पाइने
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार १७:५०:६
२९ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा अग्रणी स्थान बनाउन सफल सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले घर बनाउने वा किन्ने तयारीमा रहेका आफ्ना ग्राहकहरूका लागि सरल, सस्तो तथा स्थिर ब्याजदरमा घर कर्जा दिने व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई ध्यानमा राखेर स्थिर ब्याजदरमा होम लोन (घर कर्जा) उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ ।
बैंकका अनुसार ग्राहक वर्गलाई लक्षित गरी वार्षिक १०.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिइनेछ । एक पटक घर कर्जा लिइसकेपछि ७ वर्षसम्म कर्जाको ब्याजदर बढाइने छैन भने तोकिएको किस्ता अनुसार कर्जा लिएका ग्राहकहरूले साँवा र ब्याजदर ढुक्कसँग बुझाउन सक्नेछन् ।
सिटिजन्स बैंकका अनुसार घर कर्जाका लागि ग्राहकले ५ करोड रूपैयाँसम्म लिन सक्ने व्यवस्था गरिएको छ । यसमा विना झन्झट प्रत्येक महिना समान ईएमआई (किस्ता) मा ग्राहकले सजिलै घर कर्जा लिन सक्नेछन् । सिटिजन्स बैंकले आफ्ना ग्राहकको सपना साकार पार्ने अभियानका साथ वार्षिक १०.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा प्रदान गर्दै आएको जनाएको छ ।
आवासका निम्ति जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद, घर मर्मत सम्भारसमेतको लागि विभिन्न प्रकृतिका घर कर्जा सुविधा प्रदान गरिएको छ । बैंकको नयाँ घर कर्जामा ग्राहकहरूले ५ करोड रूपैयाँसम्मको कर्जा समान मासिक किस्ताबन्दी (ईएमआई) मा लिन सकिने छन् । जसको कर्जा २५ वर्षसम्ममा चुक्ता गरिसक्नु पर्नेछ । ५ लाखदेखि ५ करोड सम्मको कर्जामा धितो सुरक्षण मूल्यको अधिकतम ५० देखि ६० प्रतिशतसम्म कर्जा लिन सक्ने बैंकले जनाएको छ ।
घर कर्जा लिन सिटिजन्स बैंकको यस्तो छ प्रावधानः
१) कर्जा लिने व्यक्तिको नियमित आयस्रोत अथवा जागिर भएको हुनुपर्ने ।
२) स्वरोजगार व्यक्तिको हकमा, व्यापार,व्यवसाय गरेको भए कम्तीमा २ वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने ।
३) कर्जा लिन चाहेको ऋणीले धितो राख्ने घर,जग्गा मोटर बाटो पुगेको हुनुपर्ने ।
४) कर्जा लिन आवेदन दिने व्यक्तिको न्यूनतम् उमेर १८ वर्ष नाघेको हुनुपर्ने ।
५) आवेदक वा निजको सगोलको परिवारको सम्पत्तिबाहेक अन्य तेस्रो पक्षको धितो सुरक्षण मान्य नहुने ।
यस्तो छ मासिक किस्ताको व्यवस्थाः
ग्राहकले डेढ करोड रूपैयाँ घर कर्जा ७ वर्षे अवधिको हुँदा प्रत्येक महिना २ लाख ५७ हजार ईएमआई (किस्ता) बुझाउनुपर्ने हुन्छ । ७ वर्षभन्दा बढी अवधिको कर्जा भएमा कर्जाको किस्ता कम हुनेछ भने ग्राहकलाई छोटो अवधिको कर्जामा बढी लाभ हुने बैंकको भनाइ छ ।
यस बैंकबाट कर्जा लिन चाहने कुनै पनि ग्राहकहरूले बैंकले मागेका आवश्यक कागजात पुरा गरेर हप्ता दिनभित्र घर कर्जा लिन सकिने बैंकले जनाएको छ । हरेक मानिसको आधारभूत आवश्यकता हो, घर । तर घर कहाँ बनाउने र कस्तो बनाउने भन्ने कुरा मानिसको आर्थिक क्षमतामा भर पर्ने र उसलाई कर्जाको आवश्यक पर्ने भएकाले यो समस्याबाट आफ्ना ग्राहकहरूलाई सहजता दिन स्थिर ब्याजदरमा घर कर्जा दिने व्यवस्था मिलाइएको बैंकको भनाइ छ ।
सामान्य व्यवसाय गर्ने वा जागिर खाने मानिसले आफ्नो जीवनभरको कमाइ वचत गरेर पनि घर बनाउन कठिन छ । तर मानिसलाई जग्गा किन्न र घर बनाउन बैंक तथा वित्तीय संस्थाहरूले सहज बनाइरहेका छन् । कोही पनि व्यक्तिसँग केही रकम छ, तर त्यति रकमले घर बनाउन सम्भव छैन भने त्यस्ता व्यक्तिले सिटिजन्स बैंकबाट सहज रुपमा घर कर्जा पाउनेछन् ।
आफूसँग भएको पैसामा बैंकको ऋण थपेर घरजग्गा जोड्न र बैंकको ऋण आफ्नो क्षमता अनुसारको किस्तामा नियमित तिर्न सकिने व्यवस्था यो बैंकले गरेको छ । अहिले पनि आम मानिसमा बैंकको ऋण सहजै पाउन सकिँदैन कि भन्ने मानसिकता छ । तर, सिटिजन्स बैंक पुगेका कसैले पनि घर कर्जा नपाएर खाली हात फर्कन नपरेको यो बैंकका कर्मचारीहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले तोकेको मापदण्ड र आवश्यक कागजपत्र पुर्याएपछि यो बैंकले ऋण दिन्छ । घर कर्जा लिनका लागि पहिले त कस्तो घर कर्जा भन्ने खुलाउनुपर्छ । आफैंले किनेको जग्गामा घर बनाउन लागेका हो वा बनेकै घर वा अपार्टमेन्ट किन्न लागेको हाे, त्यो भने खुलाउनुपर्छ ।
यसका साथै यस सिटिजन्स बैंकले निःशुल्क क्रेडिट कार्ड र डेविट कार्डको सुविधा पनि दिएको छ । बैंकले पहिलो वर्षका लागि लकर सुविधा पनि दिएको छ । यसमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारा राखेर बैंकले घर कर्जा प्रदान गर्दै आएको छ । ♦एडभोटोरियल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
मंसिर २१, २०८१ शुक्रबार
खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
नेपालबहस संवाददाता
मंसिर २२, २०८१ शनिबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मीन बहादुर खड्का
मंसिर २१, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना खुल्यो
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
बाजुरामा स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यू, ३ जना घाइते
मंसिर २३, २०८१ आइतबार
जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुकः ट्रम्प
मंसिर २३, २०८१ आइतबार
पूर्व अध्यक्ष ज्ञवालीको निधनप्रति कांग्रेसद्वारा दुःख ब्यक्त
मंसिर २३, २०८१ आइतबार
धर्म, कमाई र मनोरञ्जनका प्रतीक–गढीमाई मेला
मंसिर २३, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमै राखिने
मंसिर २३, २०८१ आइतबार
कञ्चनजङ्घा हिमाल पृष्ठभूमिमा माङहिम
मंसिर २३, २०८१ आइतबार
बाजुरामा स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यू, ३ जना घाइते
मंसिर २३, २०८१ आइतबार
मानवसेवा स्मारकको भवन शिलान्यास
मंसिर २३, २०८१ आइतबार