नवलपरासीको पश्चिम सुस्तामा बाजे र नाती मृत फेला
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १०:२८:३४
१ फागुन, काठमाडौं । नवलपरासीको पश्चिमको सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाती गौचरण चमार मृत अवस्थामा फेला परेका छन् । आज बिहान ५ बजे दुई जनाको शव फेला परेको प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए ।
उनीहरु घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ मृत फेला परेका थिए । उनीहरुको शव १५ मिटरको दुरी फरकमा उत्तानो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी रमेश बोहराले जानकारी दिए । यक्षलाल एक छोरा, बुहारी र दुई नाती र एक नातिनीसँग बस्दै आएका थिए । उनका छोरा रोजगारीको सिलसिलामा एक–डेढ महिनाअघि भारत गएका थिए ।
श्रीमान् भारत गएपछि बुहारी पनि एक छोरा र एक छोरीलाई लिएर भारतस्थित माइत गएकी थिइन् । घरमा यक्षलाल एक नातीसँग मात्र बस्दै आएका थिए । उनीहरुको मृत्युको कारण नखुलेको र तालिमप्राप्त कुकुर झिकाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
असोज १४, २०८१ सोमबार
वैकल्पिक बाटो देखाउँदै प्रहरी
असोज १४, २०८१ सोमबार
बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति
असोज १४, २०८१ सोमबार
अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
असोज १४, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार