लेतेको सौन्दर्यमा पर्यटक लोभिए
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १२:०:५२
१ फागुन, म्याग्दी । काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले लेतेमा दुई घण्टा बितायो । “मुस्ताङ भित्रनेबित्तिकै पुगिने लेतेको सौन्दर्यमा रमाइलो नगरी अघि बढ्नै मन लागेन्”, उनले भने, “जता फर्किए पनि देखिने हिमाल, शान्त वातावरणले लेतेमा समय बितेको पत्तै भएन ।”
लेतेमा अन्नपूर्ण, धवलागिरि, निलगिरि र टुकुचे हिमालको काखमा बसेको महसुुस गरेको घलेले अनुुभव सुनाए । म्याग्दीको सिमानामा रहेको घाँसा काटेपछि पुगिने लेते अधिकांश पर्यटकको रोजाइमा पर्न थालेको छ । सम्भव हुनेहरू लेतेमा एकरात बास बसेर वरपरका गन्तव्य घुुम्छन् । बास बस्न सम्भव नहुनेहरूले खाना–खाजा–चिया पिउन एक–डेढ घण्टा भुलेर गन्तव्यतर्फ लाग्ने गरेका लेते कालोपानीको सियु लजका सञ्चालक अमित तुलाचनले बताए ।
“धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको काखमा रहेको लेते–कालोपानीको बस्तीको बीचमा बेनी–जोमसोम–कोरला सडक कालोपत्र भएपछि सुन्दर देखिएको छ”, उनले भने, “लेतेबाहेक मुस्ताङको अन्य ठाउँबाट अन्नपूर्ण प्रथम हिमाल नदेखिने भएकाले पनि यहाँ विदेशी पर्यटक आउँछन् ।”
कालीगण्डकी नदीको किनारमा रहेको यो बस्ती समुुद्री सतहबाट दुई हजार पाँच सय ३० मिटरको उचाइमा छ । बस्तीको वरपर सल्ला, धुपी र गुराँसको जङ्गल छ । बर्खामा हरियाली छाउने वनपाखा वसन्त ऋतुमा गुराँस फुलेर रङ्गिन्छ । पृष्ठभूमिको पहाड हिजोआज हिउँले छोपिएको छ । कालोपत्र सडकको पृष्ठभूमिमा हिमाल, जङ्गल र पहाडी भूगोलको दृश्यावलोकन, तस्बिर, भिडियो खिच्नेहरूको चहलपहल बढ्न थालेको संरक्षण क्षेत्र व्यवस्थापन समिति लेतेका सचिव प्रमिश गौचनले बताए ।
“हिमालसँगै जैविक, वातावरणीय विविधता र थकाली संस्कृति लेतेको आकर्षण हो”, उहाँले भन्नुभयो, “लेतेको सौन्दर्यले मुस्ताङ आएका पर्यटकलाई भुलाएको छ ।” लेतेमा करिब २० वटा सुविधासम्पन्न होटल र लज छन् । व्यवसायीहरूका अनुसार यहाँ एक रातमा एक हजार जनासम्म बास बस्न सक्छन् ।
वसन्त र शरदयाममा भरिभराउ हुुने लेतेका होटल बेसिजनमा पनि खाली हुँदैनन् । लेते आसपासका क्षेत्रमा नयाँ गन्तव्य पहिचान गरी पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको स्थानीयवासीसमेत रहनुभएका प्रतिनिधिसभाका पूर्वसदस्य प्रेमप्रसाद तुलाचनले बताए।
लेतेबाट करिब छ घण्टा यात्रा गरेपछि धवलागिरि आइसफल र कालीबराह पुगिन्छ । पन्ध्र मिनेट उकालो हिँडेर पुगिने ‘भ्यू प्वाइन्ट’बाट लेतेगाउँको सबै दृश्य हेर्न सकिन्छ । लेतेबाट एक घण्टाको पैदलयात्रा गरेपछि पुगिने सेकुङ, भुछत्रो र टिटीतालमा पूर्वाधार निर्माण गरिएको तुलचानले बताए ।
चौँरी, भेडागोठ पनि यहाँको आकर्षण हो । चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिनै उत्पादन हुने आलुको स्वादिष्ट परिकार चाख्न पाइन्छ । पर्यटकलाई लक्षित गरेर लेतेको जनजागरण आमा समूहले थकाली सङ्ग्रहालय पनि सञ्चालन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोहणमा कामीरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
पर्यटनको विकास गर्न सबै एकजुट हुनुपर्छः सभामुख
बैशाख २९, २०८१ शनिबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
कोइली खोलाले बगाउँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारी पछि १७ जना अस्पताल भर्ना
बैशाख ३०, २०८१ आइतबार
इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता
बैशाख ३०, २०८१ आइतबार
बागलुङको सदरमुकाम कुश्मीसेरामा पानीकाे हाहाकार, योजना पूरा नहुँदा सास्ती खेप्न बाध्य
बैशाख ३०, २०८१ आइतबार