अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा बुटवलमा ओपन म्युजिकल कन्सर्ट हुने
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १२:५९:३१
१ फागुन, बुटवल । अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन बुटवलको मुटु मानिने ट्राफिक चोकमा म्युजिक कन्सर्ट हुने भएको छ ।
स्थानीय सत्य साई कला केन्द्रका कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रममा कालीप्रसाद बास्कोटाको विशेष म्युजिक कन्सर्ट हुने भएको हो ।
एड्स हेल्थ केयर फाउन्डेसनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा विगत लामो समय देखि लागु पदार्थ प्रयोग कर्ताहरूको हक हित र अधिकारका लागि काम क्रियाशीलता आस्था समूह बुटवल आस्था समूह बुटवल र स्वाम्य निर्देशनालय राप्ती दाङको आयोजना गर्न लागेको हो ।
असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण युवाहरूमा एचआइभी सङ्क्रमण बढेकाले कन्डमको प्रयोग गर्ने बानी विकास गर्न साङ्गीतिक कार्यक्रममार्फत जनचेतना फैलाउन लागिएको आयोजकले जानकारी दिए ।
साङ्गीतिक कार्यक्रममार्फत युवाहरूलाई कन्डमबारे जनचेतना अभिवृद्धि गर्दै एचआइभी एड्स, हेपाटाइटिस जस्ता सङ्क्रमण हुन नदिने उद्देश्यका साथ यो वर्ष बुटवलमा ओपन कन्सर्ट गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।
एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल 'एनएपीएन' को राष्ट्रिय सञ्जाल अन्तर्गत उक्त म्युजिक कन्सर्ट देशका विभिन्न स्थानमा हुँदै आएको छ जस अनुसार यो पटक बुटवलमा हुन लागेको हो ।
पत्रकार सम्मेलनमार्फत कन्डम दिवसको अवसरमा म्युजिकल कन्सर्ट गर्न लगिएको एएचएफ नेपाल लुम्बिनी प्रादेशिक कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिए । युवा युवतिहरूलाई लक्षित गरेर कन्डमको प्रयोग तथा यसको फाइदाहरूको विषयमा जानकारी दिने उद्देश्यका साथ बुटवलको ट्राफिक चोकका भव्य कन्सर्ट हुन लागेको उनले जानकारी दिए ।
आस्था समूह बुटवल र स्वाम्य निर्देशनालय राप्ती दाङको आयोजना तथा एड्स हेल्थ केयर फाउन्डेसनको सहयोगमा ट्राफिक चौकमा दिउँसो ३ बजे देखि वपन कन्सर्ट हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित कलकार कालीप्रसाद बाँस्कोटाको विशेष प्रस्तुति रहने छ उनले बताए ।
सार्वजनिक स्थलमा खुल्ला रूपमा आयोजना गरिएको कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था, निःशुल्क र गोप्य रूपमा एचआइभी परीक्षण तथा निःशुल्क कन्डम वितरणको कार्यक्रम रहेको एएचएफ नेपाल लुम्बिनी प्रादेशिक कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिए ।
उक्त कार्यक्रममा साहरी कदम नेपालको संयोजकत्वमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको फेस परेड कार्यक्रम समेत आयोजना गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य जमुना ढकाल,स्वाम्य निर्देशनालय प्रमुख डा. विनोद गिरी, स्वाम्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल लगायतको सहभागिता रहने छ ।
एएचएफ नेपालका राधेश्याम श्रेष्ठका अनुसार यो संस्था ४५ वटा देशका फैलिएको छ । नेपालको सात वटा प्रदेशमा एचआइभी र एड्सको क्षेत्रमा काम गर्दै आएको छ । एएचएफ नेपालले सन् २०११ बाट कन्डम दिवस मनाउन थालेको छ । आस्था समूह बुटवलका अध्यक्ष केशव पुन मगरले युवाहरूलाई टार्गेट गरेर विश्व कन्डम दिवसको कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
कन्डमलाई फेसनको रूपमा प्रयोग गरौँ भन्ने अवधारणका साथ कन्डम दिवसको अवसरमा नेपालका विभिन्न स्थानमा कन्सर्ट हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँमा ५५ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर
मंसिर २३, २०८१ आइतबार
लमजुङमा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न, स्थानीय खुसी
मंसिर २३, २०८१ आइतबार
गुफामा बस्दै आएका भिक्षुको स्वास्थ्य परीक्षण
मंसिर २३, २०८१ आइतबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
नेपालबहस संवाददाता
मंसिर २२, २०८१ शनिबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मीन बहादुर खड्का
मंसिर २१, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना खुल्यो
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : डा शेखर कोइराला
मंसिर २२, २०८१ शनिबार
नेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
बाजुरामा स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यू, ३ जना घाइते
मंसिर २३, २०८१ आइतबार
मानवसेवा स्मारकको भवन शिलान्यास
मंसिर २३, २०८१ आइतबार
प्रधानमन्त्रीले मानवसेवा आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब दिने
मंसिर २३, २०८१ आइतबार
जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुकः ट्रम्प
मंसिर २३, २०८१ आइतबार
बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्छन् फणिनारायण
मंसिर २३, २०८१ आइतबार
बिद्रोहीद्धारा राजधानी कब्जा, सिरियाका राष्ट्रपति बेपत्ता
मंसिर २३, २०८१ आइतबार