हाम्रो कुनै पनि शाखा बन्द गर्ने योजना छैन्ः एनआईसी बैंक
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १४:२१:३५
१ फागुन, काठमाडौं । एनआईसी एशिया बैंकले हाल कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने योजना नभएको बताएको छ । एनआईसीले शाख कार्यालयहरू बन्द गर्न लागेको भन्दै आएका समाचारहरू भ्रामक र नियोजित रहेको भन्दै यसमा कुनै सत्यता नभएको जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै बैंकले केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको भन्ने कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले विगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका लागि आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको जनाएको छ ।
एनआईसी बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ सञ्जालद्वारा ४१ लाखभन्दा बढी ग्राहकमा सहज एवं सरल सेवा प्रदान गरिरहेको जनाएको छ ।
हाल विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतिकाे लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिएको भनी अफवाहहरू फैलाइएकोमा यस्ता समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदै सो बाट भ्रमित नहुन सरोकारवाला सबैमा बैंकले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकहरूलाई जी डेन्टलमा आकर्षक छुट
पुष ९, २०८१ मंगलबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार