सुर्यकुण्ड हाइड्रोको प्राथमिक शेयर निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट नियुक्त
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १४:३२:१३
१ फागुन, काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
यसको लागि सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।कम्पनीले १०० रुपैयाँ अंकित दरका २० लाख कित्ताले हुन आउने रकम २० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अपर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ५० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत रु २२० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण रु १३५ करोड नेपाल एस.वि.आई बैंक लिको एकल लगानीबाट सम्पन्न भएको छ ।
यस कम्पनीमा अपि पावर कम्पनीको बहुमत शेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल सामाग्रीहरु जडान गरि अबको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।
यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातीर्थ, काठमाडाैं सवस्टेशनमा ल्याइनेछ । यस समुहबाट प्रवर्द्धित कम्पनीहरूबाट हाल सम्म १०० मेगावाट भन्दा बढि विद्युत उत्पादन गरि राष्ट्रको नवीकरणीय उर्जा उत्पादनमा योगदान पुर्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
मंसिर २२, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार