सतर्कताको सामान्यलाई पत्र, ‘हचुवामा कर्मचारी नहटाउनू’
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १४:५१:४६
१ फागुन, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले करार तथा अस्थायी कर्मचारीलाई हचुवाका भरमा नहटाउन निर्देशन दिएको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै तीनै तहका सरकारलाई हचुवामा कर्मचारी नहटाउन भनेको हो ।
केन्द्रका उपसचिव हिरामणी सुवेदीले मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री स्तरबाट भएको निर्णय कार्यान्वयन गर्न तीनै तहका सरकारलाई निर्देशन गरिएको जनाएका छन् । प्रचलित कानुनमा व्यवस्था भएमा बाहेक व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा कुनै पनि करार, अस्थायी कर्मचारीलाई सेवाबाट हटाउने कार्य नगर्न संघीय, प्रदेश र स्थानीय सरकारलाई लेखी पठाएको उल्लेख छ ।
राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ७ (३) बमोजिम त्यहाँ मन्त्रालयलाई निर्देशन दिने भनी मिति २०८०-१०-२९ को निर्णय (सम्माननीय प्रधानमन्त्री स्तर ) भएकोले सोही बमोजिम कार्यान्वयनको लागि अनुरोध छ’, केन्द्रले पत्रमा भनेको छ ।
कानुनी व्यवस्था र स्वीकृत बजेटको अधीनमा रही संघ, प्रदेश र स्थानीय गरी तीनै तहका आयोग, मन्त्रालय, विभाग तथा कार्यालयहरूमा सेवा करारमा कर्मचारीहरू रहेको भन्दै केन्द्रले सार्वजनिक निकायमा नेतृत्व परिवर्तन हुँदा वा नहुँदा समेत व्यक्तिगत पूर्वाग्रह या हचुवाका भरमा सेवा करार÷अस्थायी सेवामा कार्यरत कर्मचारीहरूलाई हटाउने प्रवृत्ति निरूत्साहित गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
नवलपरासी आलुमा आत्मनिर्भर
पुष २२, २०८१ सोमबार