प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १५:९:१४

१ फागुन, काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका-६ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई छिन्। उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।
साउदले आफूलाई नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक हुँ भन्दै दैलेख नारायण नगरपालिका-११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाइदिने प्रलोभनमा पारेर नगद १ लाख ५० हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। साथै उनको साथबाट नेपाल प्रहरीको पोशाक १ जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिन्ह १ थान, नेमप्लेट १ थान, बुट १ जोर, बेल्ट १ थान र मोबाइल १ थान समेत बरामद भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एकजना पक्राउ
माघ ३०, २०८१ बुधबार
रुकुममा २ जनाको हत्या, मुख्य आरोपीको पनि शव फेला
माघ २९, २०८१ मंगलबार
बाबुको हत्या आरोपमा छोरा र बुहारीसहित ६ जना पक्राउ
माघ २९, २०८१ मंगलबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार
राष्ट्रपति ट्रम्पले बर्खास्त गरे युएसएडका महानिरीक्षक
माघ ३०, २०८१ बुधबार