डडेल्धुरामा १२ वर्षीया बालिका पटक-पटक बलात्कारको सिकार !
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १६:३६:५५
१ फागुन, डडेल्धुरा आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटकपटक बलात्कृत हुनुपरेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घट्ना खुल्न आएको हो । उपचारका लागि अस्पताल पुगेकी बालिका आफन्त र गाउँकै एक युवाबाट बलात्कृत हुनुपरेको खुलेको प्रहरीले जनाएको छ ।
बालिका आइतबार उपचारका लागि आफन्तसहित पर्शुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन् । उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशङ्का गरेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिरिएको हो । प्रहरीले अनुसन्धान गर्दा बालिका पटकपटक बलात्कारको सिकार भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले बताए ।
गत वर्ष भदौमा काका नातापर्नेबाट बलात्कृत भएकी बालिका फेरि गएको माघ ६ गते एक स्थानीय युवकबाट पनि बलात्कारमा परेको उनको बयानबाट खुल्न आएको हो । पीडित बालिकाले डर, धम्कीका कारण घटनाबारेमा कसैलाई पनि नभनेको प्रहरीको भनाइ छ । अहिले बालिकालाई आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय पु¥याइएको छ ।
पीडित पक्षको जाहेरीका आधारमा बलात्कार गरेको आरोपमा आलितालका २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरी वरिष्ठ नायब निरीक्षक करवीरसिंह ऐरले बताए ।
बालिका वृद्ध हजुरबुवा र हजुरआमासँंग बस्दै आएकी छिन् । ती बालिकाका काका नाता पर्ने व्यक्ति भने अहिले भारतमा छन् । बलात्कारको घटना ढाकछोप गर्न उनी भारत गएको हुनसक्ने प्रहरीको आशङ्का छ । बालिकाका आमाबाबु कामका सिलसिलामा भारतमा रहेका बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न स्थानबाट अवैध लागूऔषधसहित १६ जना पक्राउ
साउन ९, २०८१ बुधबार
स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
साउन ९, २०८१ बुधबार
नक्कली प्रहरी बनेर ठग्दै हिँडेका अन्सारी पक्राउ
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
मौरिटानियामा जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु, १९० बेपत्ता
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
धनगढीमा बिरामीको मृत्युपछि उत्पन्न तनावपूर्ण स्थति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार
साउन १२, २०८१ शनिबार
सिमलताल दुर्घटना: बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो
साउन १२, २०८१ शनिबार
संसदीय सुनवाइ समिति बैठक बोलाइयो, प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय हुने
साउन १२, २०८१ शनिबार
पेरिस ओलम्पिक: नेपालका स्यान्टु र प्रिन्स आज खेल्दै
साउन १२, २०८१ शनिबार
विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे
साउन १२, २०८१ शनिबार
रेलको लिकमा पर्दा दासले गुमाए दुवै खुट्टा
साउन १२, २०८१ शनिबार