अवैध मुद्रासहित युएई जान लागेकी युवती विमानस्थलबाट पक्राउ
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १६:४३:४४
१ फागुन, काठमाडौं । अवैध मुद्रा लिएर युएई जान लागेकी एक युवतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका–२, सिन्धुपाल्चोक घर भएकी १९ वर्षीया सुस्मिता गोले छिन् । उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
फ्लाई दुबईको उडानमार्फत काठमाडौं जान लागेकी उनको साथबाट प्रहरीले होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियाल फेला पारेको थियो । बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र ५ सय दरका २ सय ६० थान, २ सय दरका ४१ थान, १ सय दरका १ सय ८ थान गरी जम्मा १ लाख ४९ हजार साउदी रियाल र ५ सय दरका ९ थान,२ सय दरका ३ थान, १ सय दरका ४९ थान गरी जम्मा १० हजार युएई दिराम तथा मोबाइल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार