बसन्त पञ्चमी : माता सरस्वतीको पूजा गर्ने विधि जान्नुहोस्
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार २१:३७:२४
१ फागुन, काठमाडाैं । बसन्त पञ्चमी विद्यार्थीहरूको लागि धेरै विशेष छ। यस दिन माता सरस्वतीको पूजाआजा गर्नाले उज्ज्वल भविष्यको कामना पूरा हुन्छ । बसन्त पञ्चमीमा सरस्वती पूजा गर्ने शुभ समय र विधि जान्नुहोस् ।
बसन्त पञ्चमी ज्ञान दिने देवी सरस्वतीको पूजा गर्ने दिन हो। सबै प्रकारको धनमा ज्ञानलाई उत्तम मानिन्छ। शिक्षाबाट मात्र मानिसले धन र इज्जत पाउँछ। ज्ञान प्राप्तिको लागि माता सरस्वतीको आशीर्वाद धेरै महत्त्वपूर्ण छ।
फागुन २ गते भाेलि बुधबारका दिन माता सरस्वतीको पूजा आराधना गरिँदैछ । शुभ समयमा गरिने पूजा र शुभ संयोगले दोब्बर फल प्राप्त हुने जनविश्वास छ । बसन्त पञ्चमीमा सरस्वती पूजा गर्ने विधि जान्नुहोस्।
शुभ (उत्तम) - ११ : १२ बजेदेखि - १२ः ३५ बजेसम्म
वसन्त पञ्चमीमा नुहाएर पहेँलो रङ्गको लुगा लगाउने । शुभ समयमा देवी सरस्वतीलाई बेसार चढाउनुहोस् र त्यो बेसारले आफ्नो पुस्तकमा 'ई' लेख्नुहोस्। कलम, औषधि र वाद्य यन्त्रको पनि पूजा गर्नुहोस्।
यस दिन बच्चाको जिब्रोमा महले ‘अ’ लेख्नुपर्छ, यसो गर्नाले बच्चा ज्ञानी बन्ने, छिट्टै बोल्ने र छिट्टै शिक्षा सिक्न थाल्छ भन्ने मान्यता छ । देवी मातालाई पहेँलो फूल चढाउनुहोस्। हलुवा, खीर वा बेसारको लड्डु चढाउनुहोस्। माता सरस्वतीको जय जयकार गरौँ, अन्त्यमा आरती गरौँ र गरिबलाई खाना, लत्ताकपडा र किताब बाँडौँ ।
बसन्त पञ्चमीमा राशी अनुसारका मन्त्र यी हुन् ः
मेष - ओम वाग्देवी वागीश्वरी नम:
वृष - ओम कौमुदी ज्ञानदायिनी नम:
मिथुन - ओम मा भुवनेश्वरी सरस्वत्याय नम:
कर्कट - ओम चन्द्रिका दैवी नम:
सिंह - ओम मा कमलहास विकासिनी नम:
कन्या - ओम माँ प्रणवनाद विकासिनी नम:
तुला - ॐ मां हंसुवाहिनी नम:
वृश्चिक - ओम शारदै दैव्यै चन्द्रकान्ति नम:
धनु - ओम जगति वीणावादिनी नम:
मकर - ओम बुद्धदात्री सुधामूर्ति नम:
कुंभ - ओम ज्ञानप्रकाशिनी ब्रह्मचारिणी नम:
मीन - ओम वरदायिनी माँ भारती नम:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार