नविन डिष्ट्रिव्युटर र एस.टी.फेवरिकले राजश्व छलेको आशंका, अनुसन्धान गर्दै आन्तरिक राजश्व विभाग
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १९:३६:३
१ फागुन, विराटनगर । औद्योगिक शहरका नामबाट चिनिएको विराटनगरमा यहाँको एक प्रतिष्ठित व्यावसायिक फर्मले व्यापक राजश्व ठगी गरिरहेको रहस्य खुल्न पुगेको छ । आन्तरिक राजश्व विभाग स्रोतका अनुसार विराटनगरको मुटुमा रहेको महेन्द्रचौक (साविक वडा १४) हाल वडा ९ मा अवस्थित नर्बदा कम्प्लेक्स भित्र संचालन हुँदै आएको नविन डिष्ट्रिव्युटरले करोडौं मूल्य पर्ने सामान खुद्रा रुपले बिक्री गरेर ठूलो परिणाममा राजश्व छल्न सफल भएको रहस्य खुल्न पुगेको छ ।
मुअकर काठमाडौंमा दर्ता भएर ३०००४७५१० मा भ्याट दर्ता पाएको नविन डिष्ट्रिव्युटरले आफ्नो मुख्य कार्यालय काठमाडौंको न्यू प्लाजा पुतलीसडकमा राखेको छ । २०५२ सालदेखि भ्याटमा दर्ता भएर कारोबार गर्दै आएको नविन डिष्ट्रिव्युटरले नेपालका लागि विश्व प्रसिद्ध कम्पनीका इलेक्ट्रोनिक, होम एप्लायन्स र होम फनिर्चसका ब्राण्डहरुको सोल डिष्ट्रिव्युटरका रुपमा कारोबार गर्दै आएको छ ।
उसले WhirlpoHome Appliances, Panasonic, Hisense International, Vego Air Coolers,Bluemount Water Purifer, Della Appliance का ब्राण्डहरू बिक्री गर्छ । यसका मालिक रजनीश टिबरेवाला हुन । पछिल्ला केही बर्ष यतादेखि कारोबार ठप्प देखाएर व्यापक राजश्व छली भएको हुन सक्ने आशंका राजश्व स्रोतले गरेको छ ।
विराटनगरमा नविन डिष्ट्रिव्युटरले ईलेक्टेनिक्स, घरायसी सामानको थोक बिक्रेता भएर कोशी प्रदेशका झापा, सुनसरीदेखि मधेस प्रदेशका सिराहा, सप्तरीसहितका ठाउँमा भारत चीन लगायत विदेशबाट आयात गरि नेपाल भित्र्याएका सामान चलानमार्फत रिटेलर्सकोमा पठाउनु पर्ने थियो । तर चलानको दुरुपयोग गरी उक्त महँगो मूल्यका सामान आफैंले खुद्रा रुपमा विराटनगरमा नै बिक्री गरेको फेला परेपछि नविन डिष्ट्रिव्युटरको राजश्व छली प्रकरण सार्वजनिक भएको हो । नविन डिष्ट्रिव्युटरको राजश्व छली प्रकरणका सम्बन्धमा आन्तरिक राजश्व कार्यालय विराटनगरले पनि अनुसन्धान गर्दा उसले आफ्ना रिटेलर्सकोमा समानको चलानसहित सम्बन्धित बिक्री फर्ममा पठाउन सक्ने व्यवस्था कानुनले दिएकोमा त्यसको दुरुपयोग गरी उसले आफू स्वयं डिष्ट्रिव्युटर भएर रिटेलर्सको काम गरेको आशंका सम्बन्धमा छानविनपछि मात्रै तथ्य कुरा बाहिर आउने जानकारी दिएको छ ।
नविन डिष्ट्रिव्युटरको संचालन विराटनगरको टिवडेवाल समुहले एक्लै गरेको छ । त्यसै गरी साझेदारीमा सचालन हुँदै आएको राठी टिवडेवाल समूहको लगानीको एस.टी फेवरिकमा पनि व्यापक राजश्व ठगी गरेको अनुमान गर्न थालिएको छ । अहिले सुनसरी जिल्लाको दुहबीमा रहेको एस.टी. फेवरिकमा उत्पादन भएको कार्पेट भारत निकासीदेखि बेल्जियमबाट आयात गरेको गलैँचालाई नेपालको मनाङ र मुस्ताङमा बनेको भन्दै सर्वसाधारणलाई ठग्ने कामका लागि उनै टिवडेवालको नर्बदा कम्प्लेक्सलाई सो रुम जस्तै बनाइएको छ ।
बेल्जियमबाट आयात गरेर नेपाल ल्याएको गलैँचामा रहेको उत्पादन लेबल निकालेर नेपालमा बनेको लेबल लगाएर सिधा र सोझा गाउँले नेपालीको प्रयोग गरि बेल्जियमको गलैँचा बिक्री गर्ने धन्दामा संलग्न गराएको कुरा नाम उल्लेख नगर्ने सर्तमा त्यही कार्यरत एक भारतीय मुलका उनकै कर्मचारीले जानकारी दिएका छन । सोही विषयमा अनुसन्धान गर्ने भन्दै केही दिन अगाडि काठमाडौंबाट आएको एउटा आन्तरिक राजश्व विभागको टोलीले एस.टी.फेवरिकबाट स्टक जाँच गरी फर्किएको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
यस्तो छ कम्पनी प्रोफाइल:
Navin Distributors
Navin Distributors Pvt. Ltd. (NDPL) symbolizes an impeccable quality and unparalleled service. Since it’s establishment in 2052 B.S., NDPL has been persistent in its commitment to excellence and customer satisfaction. Today, NDPL stands as one of the largest importers and distributors of electronics, home appliances and home furnishing materials nationwide.
The range of products we distribute at NDPL comprises the world’s best brands. We import from countries of Europe as well from India, China, Indonesia and Turkey. Our heightened focus on quality brings us about one million satisfied customers in the nation. NDPL has long years of experience in dealing with brands and enjoys support from some of the most reputable appliance manufacturers in the world.
Home Appliances: Whirlpool,Hisense,Kent,Della,Khaitan
Name of Company
Navin Distributors
Address
New Plaza,Putlisadak,Kathmandu
Landline Numbers
+977-1--
Mobile Numbers
9801019778,
Website
www.navindistributors.com
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार