पाँच लाख ५० हजारले पाए ‘अनलाइन’ बाट प्रहरी चारित्रिक प्रमाणपत्र
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार २२:२१:२७
१ फागुन, काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा पाँच लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र 'प्रहरी रिपोर्ट' उपलब्ध गराएको छ ।
गत साउनदेखि माघसम्मको अवधिमा सात लाख १० हजार नौ सय ४४ नेपाली तथा विदेशी नागरिकबाट अनलाइन आवेदन प्राप्त भएका थिए । प्राप्त आवेदनमध्ये एक लाख ४४ हजार दुई सय १२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार छ सय ७२ आवेदन कार्यान्वयनको क्रममा रहेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
प्रहरी रिपोर्टसम्बन्धी काम नेपाल प्रहरी प्रधान कार्यालय सिआरएस 'क्रिमिनल रेकर्ड सिस्टम' शाखाको सहयोगमा चालचलन शाखाले गर्दै आएको छ । उक्त शाखा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत रहेको छ ।
विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आवेदन प्राप्त भएको पाँच दिनभित्रमा चारित्रिक प्रमाणपत्र उपलब्ध गराउँदै आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार