प्रचण्ड एक मात्र पदाधिकारी र सुप्रिम कमाण्ड बन्ने तरखरमा
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार २२:५८:३५
१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन मार्फत पार्टी अध्यक्ष सुप्रिम पावरमा रहने गरी तयार पारिएको मस्यौदामाथि प्रतिनिधिहरूले छलफल थालेका छन् । पार्टीका उपमहासचिव जनार्दन शर्माले पेश गरेको पूरक प्रस्ताव मार्फत विधान अधिवेशनबाट प्रत्यक्ष चुनिने व्यवस्था पास गर्ने संकेत देखापरेसँग बहुपदीय व्यवस्था हटाएर पार्टी अध्यक्ष मात्रै राख्ने व्यवस्था गर्न लागिएको हो ।
‘विधानमा बहुपदीय हटाएर अध्यक्ष आफै सुप्रिम कमाण्डर हुने गरी प्रत्यक्ष चुनिने व्यवस्था राख्न लागिएको हो’, माओवादीका एक पदाधिकारीले भने । यो प्रस्ताव मस्यौदाबाट पास भएमा फेरी एक पटक पुष्पकमल दाहाल प्रचण्ड एक मात्र पदाधिकारी हुने र उनी सुप्रिम कमाण्डरहुनेछन् ।
उनका अनुसार मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा यसबारे छलफल भएको थियो । शर्माले पार्टीको नाम फेर्नुपर्ने प्रस्ताव पनि राखेको थिए । त्यसलाई पनि प्रचण्डले अनुमोदन गर्ने संकेत गरेका छन् । माओवादीले विधानको मस्यौदामाथि छलफल गर्नका लागि २० वटा समूह बनाइसकेका छन् । सो समूहले दिउसो १ बजेसम्म माथिल्लो तहमा रिपोटिङ गर्ने भएको छ । हरेक समूहका टोली नेताले रिपोटिङ गर्ने व्यवस्था गरिएको छ ।
लगत्तै विशेष महाधिवेशन गर्ने भएको छ । केन्द्रीय कमिटीको बैठकले पार्टीलाई पहिलो चरणको अभियानले चलायमान बनाएको निष्कर्ष निकालेको थियो । सोमबारको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान अधिवेशनलगत्तै पार्टीले विशेष महाधिवेशन गरेर विचार सश्लेषण गर्ने बताएका थिए । सोमबारको केन्द्रीय समितिको बैठकबाट विधान अधिवेशन लगत्तै पार्टीको विशेष महाधिवेशनको तयारी गर्ने बताइएको थियो । पार्टीलाई नयाँ छलफल र बहसमार्फत विधानअनुसार पार्टी चलाउनु पर्ने भएकाले पार्टी विशेष महाधिवेशन तर्फ लाग्ने माओवादीका एक पदाधिकारीले भने ।
प्रचण्डको चाहना बमोजिम पार्टीको विधानमा एकल पद सिर्जना भएमा अध्यक्ष अघि महासचिव रहेका पुष्पकमल दाहाल प्रचण्ड २०५७ देखि माओवादीको अध्यक्ष छन् । अब पनि एकल अध्यक्ष वा महासचिव मात्रै रहने छन् । प्रस्तावित विधानअनुसार उनी अझै दुई कार्यकाल सो पदमा रहन सक्छन् ।
माओवादीमा प्रचण्डको स्थान लिनेगरी कसैले पनि दाबेदारी प्रस्तुत गरेका छैनन् । दोस्रो महत्वपूर्ण पद वरिष्ठ र महासचिवमा तीव्र प्रतिस्पर्धा देखिएको छ । आठौँ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन भएका छन् । महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा आकांक्षी थिए । यी दुई नेतालाई रोकेर महाधिवेशनको करिब ८ महिनापछि अध्यक्ष प्रचण्डले देव गुरुङलाई सो ल्याएका थिए । त्यस यता पुन र शर्मा एकै ठाउँमा उभिएका छन् ।
यस्तो स्थितिमा माओवादीलाई एकल पदीय संरचनामा लैजाने प्रस्ताव आएको हो । अहिलेका सबै पदाधिकारीहरु हटाएर उनी आफै मात्र अध्यक्ष बन्ने दिशामा लागेको स्रोतको दावी छ । त्यसैगरी मंगलबारको विधान अधिवेशनबाट संगठनको संरचना भने खुम्च्याउने नीति अघि सारिएको छ । पार्टीमा आठवटा मात्रै केन्द्रीय निकाय रहनेछन् । त्यसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च छन् । केन्द्रीय सदस्यहरूले पनि सकेसम्म सानो आकारको सांगठनिक संरचना बनाउन प्रस्ताव गरेका छन् । प्रस्तावित विधानअनुसार आयोगहरू स्वायत्त निकायका रूपमा रहनेछन् ।
आयोगका पदाधिकारी र सदस्यहरू पार्टीका अध्यक्ष कुनै समिति, निकाय वा जनवर्गीय, पेसागत वा सामुदायिक संगठनमा हुनेछैनन् । यस्तो प्रस्ताव स्थायी कमिटीको बैठकमा छलफल गरेर विधान मस्यौदा कार्यदलले तल्लो तहसम्म पठाइसकेको छ । तल्लो तहसम्म पठाइएको विधान मस्यौदामाथि अधिवेशनमा सहभागी प्रतिनिधिहरूले छलफल गर्नेछन् ।
प्रस्तावित विधानमा पूर्णकालीन पदाधिकारी र सदस्यको निर्वाह खर्च पार्टीले गर्ने उल्लेख गरिएको छ ‘जनयुद्ध’मार्फत शान्ति प्रक्रियामा आएको माओवादीको खर्च व्यवस्थापन अस्तव्यस्त बनेको गुनासो बढिरहेको बेला पार्टीले नै खर्च बेहोर्ने कुरा उल्लेख गरिएको हो । पार्टीको केन्द्रीय कोषका स्रोतहरू शुल्क तथा लेबी, चन्दा सहयोग, प्रकाशन बिक्री–वितरण, पार्टीको सम्पत्तिको परिचालन र स्रोतका लागि सञ्चालन गरिने उत्पादन कार्य, विशेष कार्यक्रम वा अभियानबाट हुने उल्लेख छ ।
यसैगरी विधान मसौदा समितिले पार्टीभित्र अनुशासन उल्लंघन गर्ने नेताविरुद्ध नरम र कडा दुवै खाले सजायको व्यवस्था गरेको छ । विधानको धारा ५२ ९१० मा उल्लिखित क्रियाकलाप गरेबापत त्यसको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित समितिले आलोचना गर्ने वा चेतावनी दिने वा पदबाट घटुवा गर्न सक्ने व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार