पाल्पा जीप दुर्घटनाका मृतक १० जनाको सनाखत, घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार हुँदै
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार ८:२२:१२
२ फागुन, रामपुर (पाल्पा) । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको पहिचान खुलेको छ । मङ्गलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन ।
तिनाउँ गाउँपालिका ६ मस्याम स्थित इको फार्म हाउस नजिकै भित्री कच्ची सडक खण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मङ्गलवार साँझ दुर्घटना भएको थियो । आफैँ अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।
१० जना सनाखत भएकाहरु:-
१. तिनाउँ गाउँपालिका ६ मस्यामकी ६० वर्षीया यनकुमारी पन्त ।
२. तिनाउँ गाउँपालिका ६ का ३९ वर्षीय रामबहादुर अस्लामी ।
३. तिनाउँ गाउँपालिका ६ का ६७ वर्षीय कृष्णबहादुर अस्लामी ।
४. तिनाउँ गाउँपालिका ६ की २८ वर्षीय उर्मिला अस्लामी ।
५. रुपन्देही बुटवल उपमहानगरपालिका १४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल ।
६. रुपन्देही बुटवल उपमहानगरपालिका १४ तामनगरकी ६० वर्षीय चुना रणपाल ।
७. तिनाउँ गाउँपालिका २ की २० वर्षीय गीता सुनार ।
८. रिब्दिकोट गाउँपालिका १ की ६६ वर्षीया विष्णुकला कामी ।
९. रिब्दीकाेट गाउँपालिका १ की ६५ वर्षीया दिलकुमारी सुनार ।
१०. रुपन्देही देवदह नगरपालिका ५ की २९ वर्षीया दिलमाया जिसी ।
मृतक १० जना सबैकाे सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीप चालक तानसेन नगरपालिका १० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो
पुष ११, २०८१ बिहिबार
माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार