कुवेतविरुद्ध नेपाली टोली पहिले बलिङमा
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार ११:२०:४९
२ फागुन, काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिने क्वार्टरफाइनल खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । नेपालविरुद्धको खेलमा कुवेतले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
नेपाल र कुवेतबिचको खेल विहान ११ः१५ बजे सुरु भएको छ । नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई आठ विकेटले हराएको थियो ।
दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।
फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट
असोज १४, २०८१ सोमबार
भारत र बंगलादेशबीचको टेस्ट वर्षाले प्रभावित, तेस्रो दिनको खेलपनि रद्द
असोज १३, २०८१ आइतबार
त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज ओमानविरुद्ध खेल्दै
असोज १३, २०८१ आइतबार
धादिङको मलेखुमा सुख्खा पहिरो: सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने
असोज १४, २०८१ सोमबार
तेसो दिन खुल्यो गौर भन्सार, पानी जमेर आउने जानेलाई सास्ती
असोज १४, २०८१ सोमबार
काभ्रेमा अलपत्र परेका १४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौं ल्याइयो
असोज १४, २०८१ सोमबार
देशभर बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ पुग्यो
असोज १४, २०८१ सोमबार
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो
असोज १४, २०८१ सोमबार
नवलपरासीको दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
असोज १४, २०८१ सोमबार