उदित र दीपाको ‘थाहा छैन आज भोलि’मा भिजु र श्रद्धाको रोमान्स
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार १३:११:३७
२ फागुन, काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र दीपा झाको स्वरमा ‘थाहा छैन आज भोलि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिका बस्दै आएकी समाजसेवी तथा गीतकार सरला श्रेष्ठको शब्द रहेको ‘थाहा छैन आज भोलि’मा लक्ष्मण पोखरेलको संगीत रहेको छ ।
मनोज चौलागाइको एरेन्ज रहेको गीतमा मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच गीतकार समाजका अध्यक्ष बसन्त बित्यासी थापा, वरिष्ठ गीतकार बिबी थापा तथा वरिष्ठ संगीतकार राजु सिंहले सामूहिक रूपमा सार्वजनिक गरेको गीतको म्युजिक भिडियोमा गहिरो प्रेममा रहेको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी देखाइएको छ ।
भिडियोले प्रेममा परेको मान्छे कति खुशी हुन सक्छ भनेर देखाउन खोजेको छ । जसमा ह्याण्डसम मोडल भिजु पार्कीसँग सुन्दरी नायिका श्रद्धा क्षेत्रीले अनस्किन रोमान्स गरेकी छिन् । प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको गीतको भिडियोको निर्देशन लोकप्रिय निर्देशक सुव्रत आचार्यले गरेका हुन् ।
उत्सव दाहालको छायाकंन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । भिडियो एसएस क्रिएशन च्यानल बाट सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
भूपेन्द्रको निर्देशनमा 'बुकि फुल' सार्वजनिक
कात्तिक १९, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार