चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार १६:२:४०
२ फागुन, काठमाडौं । आगामी फागुन २५ बाट रिलिज हुने फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा पत्रकार सम्मेलको आयोजना गर्दै एक्सन–प्रधान रहेको ट्रेलर सार्वजनिक गरिएको हो ।
राष्ट्रिय भावनामा आधारित फिल्मको ट्रेलरमा भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ ।
यस अघि देशभरका विभिन्न स्थानमा च्यारिटी शो प्रदर्शन गरिएको यो फिल्मलाई चलचित्र विकास बोर्डले विशेष फिल्मको रुपमा घोषणा गर्दै १० लाख रुपैयाँ प्रोत्साहन शुल्क प्रदान गरेको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले काँडेतारको च्यारिटी शो र प्रचारप्रसार गर्दै जाँदा जनकपपुरमा प्रमुख जिल्ला अधिकारीले हल सञ्चालकहरूलाई फिल्म नदेखाउन निर्देशन नै दिएको बताए ।
ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार खड्काले वीरगञ्जमा त्रिमूर्ति सिनेमा घरका मालिकले भारत विरोधी फिल्म रहेछ नदेखाउनू भन्ने आदेश दिएर शो रोक्न लगाएको आरोप लगाए । उनले सरकारले सेन्सर गरेर फिल्म देखाउन अनुमति दिइसकेपछि केही व्यवसायी र व्यक्तिहरूले यो फिल्मको प्रदर्शन रोक्न खाज्दा कानुन आकर्षित हुन्छ की हुँदैन रु भन्दै प्रश्न गरे । यस फिल्ममा चलचित्र विकास बोर्डको सहकार्य रहेकाले सबै ठाउँमा चल्न दिनुपर्ने बताए ।
यस्तै, अभिनेता खड्काले काँडेतारसँग अन्य फिल्म जुधाइरहँदा विकास बोर्ड किन मौन रहेको भन्दै प्रश्न गरे।राष्ट्रवादी, चेतनामूलक एवम् ऐतिहासिक विषयवस्तुका फिल्महरू निर्माण गरी नेपाली फिलम क्षेत्रमा अलग पहिचान बनाएका नायक एवं निर्माता खड्काको काँडेतार राष्ट्रवादी धाराको एक सशक्त फिल्मको रूपमा लिइएको छ ।
नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको फिल्ममा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ ।
सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश गरियो
मंसिर २९, २०८१ शनिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
मंसिर २९, २०८१ शनिबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार