विदेशी पैसाकाे भाउ: कुन देशकाे कतिमा काराेबार भैरहेकाे छ?
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार ९:८:२८
३ फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ भने युरो र पाउण्डको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ५६ पैसा र बिक्री दर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०५ पैसाले बढेको हो । बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसामा कारोबार भएको थियो ।
बिहिबार युरोपियन युरोको एकको खरिद दर १४१ रूपैयाँ ८३ पैसा र बिक्री दर १४२ रूपैयाँ ४७ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ ०४ पैसाले बढेको हो । बुधबार यसको खरिद दर १४२ रूपैयाँ ८६ पैसा र बिक्री दर १४३ रूपैयाँ ५१ पैसामा कारोबार भएको थियो । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ ७० पैसाले घटेर एकको खरिददर १६६ रूपैयाँ २२ पैसा र बिक्रीदर १६६ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । बुधबार यसको खरिद दर १६७ रूपैयाँ ९४ पैसा र बिक्री दर १६८ रूपैयाँ ७० पैसामा कारोबार भएको थियो ।
अष्ट्रेलियन डलर एकको खरिद दर भने ८५ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रूपैयाँ २२ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा कायम गरिएको छ । जापानी येन १० को खरिद दर ८ रूपैयाँ ८० पैसा कायम हुँदा बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ७० पैसा र बिक्रीदर २७ रूपैयाँ ८२ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ७६ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ७१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार