कांग्रेसले उपसभापति र महामन्त्रीका प्रतिवेदन पारित गर्न बोलायो बैठक
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १०:५०:३९
३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आसन्न महासमितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदन पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आज बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ । आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सोमबारदेखि सुरु हुने महासमिति बैठकमा पेश गर्न उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रतिवेदन तयार पारेका छन् ।
उपसभापति खड्काको ५६ पृष्ठ लामो नीति प्रतिवेदन, महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्व प्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन आजको बैठकले पारित गर्नेछ । महासमिति बैठक फागुन ७ देखि १० सम्म गोदावरीमा हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार