निर्वस्त्र अवस्थामा महिलाको शव फेला
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार ११:५८:२८
३ फागुन, सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका ६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो ।
‘मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो’, उनले भने, ‘मृतक महिलाको शरीरमा कपडा छैन, उनको केही दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।’
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
केही दिनअघि सोलुदूधकुण्ड नगरपालिका ८ केरुङखोला किनारमा महिलाको कपडा र केही नगदसमेत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खबरलगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीको बलरामा पानीमा डुबेको अवस्थामा बालकको शव भेटियो
असोज १४, २०८१ सोमबार
छहरे-टोखा सडक खण्डमा माइक्रोबस दुर्घटना, दुई जना गम्भीर घाइते
असोज १४, २०८१ सोमबार
किस्ने खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव भेटियो
असोज १४, २०८१ सोमबार
स्थलगत रिपोर्ट : हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ
असोज १४, २०८१ सोमबार
कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने
असोज १४, २०८१ सोमबार
तारकेश्वरका अमिन चौलागाई घुस रकमसहित पक्राउ
असोज १४, २०८१ सोमबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात
असोज १४, २०८१ सोमबार
मन्त्रिपरिषद् बैठक: तीन दिन राष्ट्रिय शोक घोषणा
असोज १४, २०८१ सोमबार
विभेद रोक्न नेपाल वायू सेवा निगमभित्र क्याविन क्रुको घेराउ
असोज १४, २०८१ सोमबार