सस्तैमा समेटियो नेपाल, नामिबियालाई १३३ रनको लक्ष्य
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १२:५१:११
३ फागुन, काठमाडौं । आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल एक सय ३२ रनमा समेटिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३२ रन मात्रै बनाउन सक्यो । खराब ब्याटिङ गरेको नेपालका लागि भीम सार्कीको ब्याटिङले केही उकासेको थियो ।
पाँचौँ नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका सार्कीले नेपालका लागि सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बल खेल्ने क्रममा दुई चौका र एक छक्का पनि प्रहार गरे । त्यस्तै गुल्शन झाले २१ रन बनाए । उनले ३१ बल खेल्दै तीन चौका प्रहार गरे र ३८ बल खेलेका करण केसीले तीन चौकाको सहयोगमा १६ रन बनाए ।
कप्तान रोहितकुमार पौडेल १३ बल खेल्दै एक रन मात्रै बनाउन सके भने कुशल मल्लले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा १५ रन बनाए । सोमपाल कामी दुई रनमा आउट हुँदा कुशल भुर्तेलले खाता खोल्न सकेनन् ।
त्यसैगरी पवन शर्राफले १२, अनिल शाहले आठ तथा आशिफ शेखले चार रन बनाए । नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका जजेरार्ड एरास्मस पाँच विकेट चट्काए । त्यस्तै ज्याक ब्रासेल र रुबेन ट्रम्पलम्यानले समान दुई–दुई विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट
असोज १४, २०८१ सोमबार
भारत र बंगलादेशबीचको टेस्ट वर्षाले प्रभावित, तेस्रो दिनको खेलपनि रद्द
असोज १३, २०८१ आइतबार
त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज ओमानविरुद्ध खेल्दै
असोज १३, २०८१ आइतबार
कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने
असोज १४, २०८१ सोमबार
तारकेश्वरका अमिन चौलागाई घुस रकमसहित पक्राउ
असोज १४, २०८१ सोमबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात
असोज १४, २०८१ सोमबार
मन्त्रिपरिषद् बैठक: तीन दिन राष्ट्रिय शोक घोषणा
असोज १४, २०८१ सोमबार
विभेद रोक्न नेपाल वायू सेवा निगमभित्र क्याविन क्रुको घेराउ
असोज १४, २०८१ सोमबार
धादिङको मलेखुमा सुख्खा पहिरो: सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने
असोज १४, २०८१ सोमबार