एकताका लागि दौड प्रतियोगिता गर्दै पृतना हेडक्वाटर सुर्खेत
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १३:२:५८
३ फागुन, कर्णाली । नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘एकताका लागि दौड प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ । पृतना हेडक्वाटरले सुर्खेतमा आज पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १२ गते शनिबारका दिन वीरेन्द्रनगरमा दौड प्रतियोगिता गर्ने जनाएको छ ।
कार्यक्रममा पृतनापति कृष्णदेव भट्टले नेपाली सेनाले राष्ट्रिय विकास, प्रकृति संरक्षण र विपद्लगायतका क्षेत्रमा काम गर्दै आएको जनाउँदै पछिल्लो समयमा पत्रकार, नागरिकसँग सम्बन्ध बढाउन जनहितका गतिविधि गर्दै आएको बताए ।
उनले भने, “सेनाले विपद् जोखिममा मात्र काम गरेको छैन, यसले स्वास्थ्य शिविर सञ्चालन, रक्तदान, हेलिप्याड, प्रतिक्षालय, पुल तथा विद्यालय भवन निर्माण र नागरिक सचेतना तथा राष्ट्रिय हित हुने कार्यक्रम पनि गर्दै आएको छ, हामीले सेना र प्रेसबीचको अन्तरसम्बन्धमा अभिवृद्धि तथा जानकारी आदानप्रदान गर्ने ध्येयले पत्रकार भेटघाट कार्यक्रम गरेका हौँ ।”
महासेनानी सुवास खड्काले नेपाली सेनाले संविधानप्रदत्त र जङ्गीअड्डाद्वारा निर्देशित कार्यक्रम गर्दै आएको बताए । “उत्तर–पश्चिम पृतनाले कर्णालीका आठ र लुम्बिनीका दुई जिल्ला गरेर ३१ हजार आठ सय ९६ वर्ग किलोमिटर क्षेत्रफलको उत्तर–दक्षिणका जिल्ला हेर्दै आएको छ”, महासेनानी खड्काले भने, “जाजरकोट भूकम्पका बेला एक हजार १४ नेपाली सेना परिचालन गरी विपद् प्रतिकार्य, खोज तथा उद्धारका काम गरिएको थियो ।”
उनले यही फागुन १२ गते कक्षा ८ देखि १२ सम्मका लागि महिला र पुरुष पाँच किलोमिटर, खुला पुरुष तथा महिला दौड १० किलोमिटर र हाफ म्याराथन २१ किलोमिटर, खुला पुरुष दौड प्रतियोगिता हुने बताए । महासेनानी खड्काका अनुसार पाँच किलोमिटरमा भाग लिएर प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई क्रमशः रु दश, पाँच र तीन हजार पुरस्कार दिइनेछ ।
त्यस्तै १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई रु २०, १५ र १० हजार तथा २१ किलोमिटर हाफ म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई रु ३५, २५ र १५ हजार पुरस्कार दिइने उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकी जनरल फर्किएपछि किन नेपाल आउँदैछन भारतीय सुरक्षा अंगका उच्च अधिकारी ?
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार