सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १३:२०:३१
३ फागुन, काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । यस सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत फागुन १३ गतेदेखि आईपीओ बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणहरुका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरि बाँकी रहेको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत सेयर भर्न सक्नेछन् ।सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ सेयर भाउमा आईपीओ जारी गर्न लागेको हो ।
सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार