सरकारले मधेसका माग पूरा गर्न चासो नदेखाएको राजपाको आरोप
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख ८, २०७६ सोमबार १:३८:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/images_cms-image-000027637-2_U8Li0pkYqB.jpg)
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का शिर्ष नेताहरुले सरकारले मधेसका माग पूरा गर्न चासो नदेखाएको आरोप लगाएका छन् ।
पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा उनीहरुले मधेसका मागप्रति बेवास्ता गर्ने सरकारको कार्यशैली निराशाजनक रहेको टिप्पणी पनि गरे ।
कार्यक्रममा कार्यक्रममा अध्यक्ष मन्डलका संयोजक शरतसिंह भण्डारीले सरकारले मधेसका माग पूरा गर्न ढिलाई गरेको भन्दै आपत्ती जनाए । राजपा नेता राजेन्द्र महतोले कुनैपनि हालतमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताउँदै छिट्टै पदाधिकारी बैठकबाट महाधिवेशनको टुंगो लाग्ने बताए ।
राजपाका अर्का नेता अनिल झाले पार्टीभित्र कुनै विवाद नभएको बताउँदै केही पदाधिकारीहरुबीच भएको असमझदारी वार्तामार्फत् समाधान गरिने धारणा राखे ।
२०७४ साल वैशाख ७ गते मधेसकेन्द्रित विभिन्न ६ पार्टी मिलेर बनेको राजपाले शनिबार काठमाडौंमा वार्षिकोत्सवका अवसरमा एक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा काग्रेस सभापति शेर वहादुर देउवा,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगाएत अन्य दलका नेताहरु पनि सहभागी भएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार