लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १५:४२:५१
३ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो ।
ब्याटरहरू चल्न नसक्दा नेपाल नामिबियासँग चार विकेटले पराजित भयो । नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ ।
२०२० देखि ओडीआई खेल्दै आएको नेपालको घरेलु मैदान कीर्तिपुरमा अहिलेसम्मकै कम स्कोर बनाउने क्रममा ४१.१ ओभरमा १० विकेट गुमाएर १३२ रन बनाएको थियो । यसअघि ओडीआईमा नेपालको कीर्तिपुरमा सबैभन्दा कम योगफल २०२० मा ओमान र २०२२ मा युएईविरुद्ध १७९ रन थियो ।
नेपालको ओडीआई इतिहासकै सबैभन्दा कम योगफल भने २०२२ मार्चमा दुबईमा युएईसँग १०३ रन थियो । २०२३ को एसिया कपमा पाकिस्तानसँग मुल्तानमा १०४ रनमा नेपाल अल आउट भएको थियो ।
२०१९ मा दुबईमा नेपाल युएईसँग ११३ रनमा अल आउट भएको थियो । विन्डहोकमा २०२२ मा स्कटल्यान्डसँग ११९, दुबईमा २०२२ मा युएईसँग १२० तथा २०२२ जुलाईमा स्कटल्यान्डसँग १२८ रनमा अल आउट भएको थियो ।
नामिबियाविरुद्ध नेपालको ब्याटिङ निकै खराब रह्यो । टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको नेपाल ४१.१ ओभरमा १ सय ३२ रनमा अलआउट भयो । टस जितेर बलिङ गर्ने निर्णय लिएको नामिबियाले नेपाललाई १ सय ३२ रनकै रोकिदिएको हो ।
नेपाललाई सस्तैमा समेट्न नामिबियाका गेरहार्ड एरास्मसले घातक बलिङ गरेका थिए । उनले ८.१ ओभर बलिङ गर्दै २८ रन दिएर पाँच विकेट लिँदै नेपालको ब्याटिङ धराशायी पारिदिए । यस्तै, रुबेन ट्रम्पलमन र ज्याक ब्रसेलले समान दुई÷दुई विकेट लिए भने जन निकोल लोफ्टिएटनले एक विकेट लिए ।
पहिलो बलमै नेपालले कडा झड्का व्यहोरेको थियो । पहिलो बलमै नेपालका ओपनर कुशल भुर्तेल आउट भएका थिए ।त्यस्तै, अर्का ओपनर आसिफ शेखले ४ रन जोडेर आउट हुँदा अनिल साहले ८ रन जोडेर पेभेलियन फर्किए ।
आज कप्तान रोहित पौडेल पनि जम्मा एक रन जोडेर आउट भए । त्यस्तै, कुशल मल्लले १५, सोमपाल कामीले दुई, गुल्सन झाले २१ तथा पवन सर्राफले १२ रन जोडे ।
केही सम्हालिएको ब्याटिङ गरेका भीम सार्कीले नेपालका लागि सर्वाधिक ४४ रन जोड्दा करण केसी १६ रन जोडे । ११ बलको सामना गरेका ललित राजवंशी शून्य रनमा नटआउट रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट
असोज १४, २०८१ सोमबार
भारत र बंगलादेशबीचको टेस्ट वर्षाले प्रभावित, तेस्रो दिनको खेलपनि रद्द
असोज १३, २०८१ आइतबार
त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज ओमानविरुद्ध खेल्दै
असोज १३, २०८१ आइतबार
स्थलगत रिपोर्ट : हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ
असोज १४, २०८१ सोमबार
कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने
असोज १४, २०८१ सोमबार
तारकेश्वरका अमिन चौलागाई घुस रकमसहित पक्राउ
असोज १४, २०८१ सोमबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात
असोज १४, २०८१ सोमबार
मन्त्रिपरिषद् बैठक: तीन दिन राष्ट्रिय शोक घोषणा
असोज १४, २०८१ सोमबार
विभेद रोक्न नेपाल वायू सेवा निगमभित्र क्याविन क्रुको घेराउ
असोज १४, २०८१ सोमबार