भारतीय नागरिकलाई काठमाडौंमा बन्धक बनाउने गिरोहका ९ जना सार्वजनिक
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १६:१४:३१
३ फागुन, काठमाडौं । भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । प्रहरीले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि उद्धार गरेको छ ।
उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजान काठमाडौंमा राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । प्रहरीका अनुसार भारतीयसँग ४० देखि ४५ लाख भारतीय रुपैयाँ लिएर अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक बनाइएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।
बन्धक बनाइएकालाई मेक्सिकोमा राखिएको जसरी उनीहरुका परिवारसँग पैसा मागिएको प्रहरीको दाबी छ । अमेरिकाको सपना देखाएर भारतीय नागरिकहरुलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । आरोपीहरुलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए ।
फागुन २ मा काठमाडौंँ प्रहरीले आरोपीहरुले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ स्थित रातोपुलबाट उद्धार गरेको थियो । पक्राउ पर्नेमा भारतीय नागरिकहरु अब्दुल रहिम, इन्दुसिंह यादव, चरणजित सिंह, अशोक कुमार, मनिषकुमार मल्होत्रा, निपुन गुप्ता, मोहम्मद सविर मिया र नेपाली नागरिक रामचन्द्र शर्मा छन् ।
आरोपीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । आरोपीहरुविरुद्ध शरीर बन्धक बनाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी खत्रीले जानकारी दिए ।
पक्राउ गरिएका ८ जना मध्येका नेपाली नागरिक रामचन्द्र शर्माले रातोपुलमा भाडामा घर खोजिदिएका हुन् । उनलाई शरीर बन्धक मुद्दा नचलाउने जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार