लालुगाउँमा जोडियो बिजुली, एक महिनाभित्र बत्ती बाल्ने योजना
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १७:७:२
३ फागुन, मान्म 'कालीकोट '। कालीकोट नरहरिनाथ गाउँपालिका–९ को लालुगाउँमा विद्युतको राष्ट्रिय प्रसारण लाइनले जोडिएको छ । गाउँमा थ्रीफेज वितरण ट्रान्सफर्मर जडान तथा सञ्चालन भएको हो ।
पहिलोपटक गाउँमा विद्युतको ११ केभी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि वडाका दुई सय घरधुरीमा विद्युत् पुगेको वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए । “विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको छ”, उनले भने, “राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह हुँदै आएको थियो ।”
विद्युत् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुने वडाध्यक्ष बोहोराले बताए । “अहिले यहाँका करिब एक हजार घरधुरीमा अबको करिब एक महिनाभित्र बत्ती बाल्ने योजना छ”, उनले भने, “पहिलो चरणमा दुई सय घरधुरीमा विद्युत् जडान गरिएको छ ।”
कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको र पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताए । “विद्युत् पुगेका पालिकाको वडा, प्रत्येक टोलमा प्रसारण लाइन जडानको काम चलिरहेको छ”, उनले भने, “चालु आर्थिक वर्षमा जिल्लाभर विद्युत् विस्तार गर्ने लक्ष्य राखिएको छ ।”
जिल्लामा कुल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म पाँच हजार पाँच सय घरमा विद्युतको मिटर जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार