कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सुरु हुने
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १८:३:१८
३ फागुन, काठमाडौं । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिए । उनले भने, “शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्नेछन ।”
परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षाका दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुनेछ ।
परीक्षा समयभन्दा एक घण्टा अगाडि परीक्षा हलमा ‘ओरेन्टेसन’ शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कडेलले बताए । परीक्षामा मोबाइलफोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ ।
यसैगरी परीक्षामा अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिनेछ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६४ हजार सात सय १६ जनाले आवेदन दिएका जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१ शुक्रबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार