ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार २२:०:५६
३, फागुन, दाङ । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या गरिएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।
उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । धनमायामाथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।
उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुढालाई आफ्नै श्रीमान् झाँक्रीले गोली हानेको आशंका प्रहरीको छ । तालिम केन्द्र नेपालगन्जमा कार्यरत झाँक्री बिहीबार घोराही आएर बुढाको हत्या गरेको आशंका छ ।
श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । गोली हानी भाग्दै गरेका झाँक्रीलाई अर्जुनखोलाबाट पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार