सहकारीमार्फत बचतकर्ताको करोडौं रकम ठगेर नामुद ठग छत्रबहादुर श्रेष्ठ गायव !
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार २२:४७:२३
३ फागुन, काठमाडौं । सहकारीमार्फत ऋण लगेर सर्वसाधारणको करोडौं रकम ठगी गर्ने काठमाडौं असनका नामुद ठग छत्रबहादुर श्रेष्ठले ऋण नतिरेर आतंक नै मच्चाएका छन्।
प्रत्येक बिहान उठ्नेबित्तिकै ठगी कसरी गर्ने आज कसलाई ठग्ने भन्ने प्लान तयार बनाउने गरेको उनकै नजिकका एक जना साथीले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छन्।
उनै नामुद ठग श्रेष्ठले विभिन्न सहकारीबाट करोडौं-करोड ऋण लगेर नतिर्ने गरेको असनका एक सहकारीका सञ्चालकले बताए। उनले भने यस्तै नामुद ठगहरूले गर्दा पीडित बचत कर्ताहरूले थप पीडा झेल्नु परेको छ। नामुद ठग श्रेष्ठ जस्ता ऋणीले गर्दा सहकारीमा थप समस्या आएको उनले गुनासो समेत गरे।
उनले भने "मेरै सहकारीबाट ऋण लगेको छ,अहिले न फोन लाग्छ न सम्पर्कमा आउँछ मेरो आँखा छलेर हिँडेको छ,घरमा पनि राति आउने राति नै जाने गरेको सुनेको छु,अब राति भएपनि प्रहरी लगेर छापा हान्ने विचार गर्दै छु। अब यस्ता नामुद ठगलाई के-कसरी तह लगाउनु पर्छ त्यो सबै प्लान तयार बनाउँदैछु अब कति दिन भागेर हिडछ, म हेर्दैछु,मैले त्यसलाई समात्ने बित्तिकै तीन पुस्ता पहिलेको सम्झना आउने गरि नाकको डाँडी भाँचिने गरि कारबाही गर्ने विचार गरेको छु," उनले भने।
गरिबको मकै पोलेर जम्मा गरेको पैसा ऋण लगेर भाग्ने नामुद ठगलाई भेट्ने बित्तिकै अस्पताल पुर्याउने गरि कारबाही गर्छु बरु अस्पतालको खर्च पनि मै दिन्छु, तर अब यस्ता ठगहरूलाई तह लगाएर छोड्ने उनले बताए।
त्यस्तै काठमाडौंको इन्द्रचोक,बागबजार,असन, न्युरोड महावौद्ध, पुतलीसडक,अनामनगर अनि बालुवाटारस्थित सूर्य चौरमा समेत सञ्चालित करिब २० वटा सहकारीबाट २० करोड भन्दामाथि ठगी गरेको पाइएको छ। असनका श्रेष्ठले यति मात्र होइन मै हुँ भन्ने बागमती प्रदेशका एक मन्त्रीलाई समेत घुमाएको स्रोतको दाबी छ।
विगतमा विभिन्न मन्त्रीका सल्लाहकार समेत रहेका आफ्नो छोरा जस्तै बताउने लामा थरका एक व्यक्तिलाई ठग श्रेष्ठले थाङ्नोमा सुताउन समेत सफल भएको श्रेष्ठ निकट असन केल टोलका राज श्रेष्ठले बताएका छन्।
श्रेष्ठ भन्छन् यति मात्र होइन असन केल टोलका छत्र बहादुरले काठमाडौंका धेरै सहकारी एवं व्यक्तिलाई समेत ठगेका छन्। ठगका राजा मानिने श्रेष्ठले कहिले आफु पत्रकार बताउ छन् त भन्रे कहिले वकिल तर उनि ठग बाहेक केही पनि नभएको उनि निकटका एक जनाले बताए। उनले भने ठगेको रूपैयाँले मासु मदिरा तथा सुन्दरीमा झुमिरहने गर्छन्।
यति मात्र होइन आपराधिक कु कर्ममा लागेका,यौन पिपासु,भूमाफिया,सहकारी ठगी धन्दा नाइके,चतुर खेलाडी एवं बैंक समेत ठग्न भ्याएका श्रेष्ठलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो, 'सीआईवी' ले समेत अनुसन्धानको घेरामा राखेको बताइन्छ।
यसैगरी असन क्षेत्रमै ठगी धन्दा चलाउने श्रेष्ठलाई सामाजिक बहिष्कार समेत गरेको इन्द्रचोकका स्थायी निवासी उनकै पुरोहित राजु राजोपाध्यायले बताउने गरेका थिए। रत्न राज्य लक्ष्मीका क्याम्पसका प्रोफेसर समेत रहेका राजोपाध्यायले भन्थे,असनका छत्र श्रेष्ठ चोर हुन। उनका बाबुले मलाइ टीका लगाएको पैसा समेत लुटे स्मरणीय छ ठगी धन्दाका चतुर खेलाडी छत्रले ठगेका उनकै पुरोहित करिब दुई बर्ष अगाडि उनको मृत्यु भएको थियो।
ठग छत्रलाई उनको पुरोहितको आँसु नलाग्ला र ठगी धन्दाका खेलाडी श्रेष्ठले काठमाडौंको सूर्यचौरस्थित उपलब्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करिब १३ लाख रूपैयाँ बुझाउनु पर्ने थियो। तर सहकारीका अध्यक्ष विपिन शर्मा हृदयघात अर्थात ‘हार्ट अट्याक’ का कारण मृत्यु भएको त्यो समाचार सुन्ना साथ ठगका राजा श्रेष्ठ मानवीय समवेदना समेत नराखि शर्माको निधनमा खुशी व्यक्त गर्दै हिँड्ने गरेका थिए।
झन् अझ काठमाडौंको पुतलीसडकमा सञ्चालित आकाश बचत तथा ऋण सहकारीका सञ्चालक तथा अध्यक्ष सुब्बा श्रेष्ठलाई एक युवती लगाइ अनैतिक क्रियाकलाप गरेको भन्दै गलत आरोप लगाइ श्रेष्ठ आफैले भगाउन सफल भएका थिए। उनको त्यस सहकारीमा पनि करिब १३ लाख ऋणको रहेको स्रोतले बताउँछन्।
यसैगरी काठमाडौंकै असनमा सञ्चालित हाम्रो सहयोग बचत तथा ऋण सहकारी संस्थाको करिब १० बर्ष अगाडि चार लाख रूपैयाँ ऋण लिएको र हालसम्म करिब साँवा र ब्याज गरि १२ लाख रूपैयाँ भएकोमा श्रेष्ठले ऋण नतिरि नियत बस रूपमा फरार रहेको सो सहकारीका अध्यक्ष वचन श्रेष्ठ बताउँछन्।
त्यस्तै ललितपुरको जावलाखेलमा रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाको ऋण समेत नतिरेर बचत कर्ताको रकममाथि छत्र बहादुर श्रेष्ठले आतंक नै मच्चाएको संस्थाका सञ्चालक आशिष तामाङले बताएका छन्।
काठमाडौंंको इन्द्रचोकमा रहेको जनविकास वचत तथा ऋण सहकारी संस्था र ललितपुरको जावलाखेलमा रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्था लि. बीच केही वर्ष अगाडि मर्ज भई डिलाइट बहुउद्देश्यीय सहकारी संस्थामा गाभिएको थियो।
डिलाइट सहकारी संस्थाले श्रेष्ठलाई ऋण दिएको लामो समयसम्म पनि ब्याजको त कुरै छैन सावा समेत नदिएर भाग्दै हिँड्ने गरेको संञ्चालक तामाङले गुनासो गरे। कानुनको धज्जी उडाउँदै श्रेष्ठले विभिन्न बहाना बनाउँदै लुकी छिपी हिँड्ने गरेको र अब कुनै पनि हालतमा पक्राउ गरि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने तामाङले बताए। सोझा सिधा सर्वसाधारणहरूको एक एक रूपैयाँ जम्मा गरेर राखेको पैसा न्यूनतम् ब्याजदरमा लिएपछि तिर्नु पर्नेमा अहिले लुकी छिपी हिँडेर ऋण नतिर्ने मनसाय बनाएको देखिएकोले अब कुनै पनि हालतमा उनलाई नछोड्ने तामाङले बताए।
सहकारी ठगीका नाइके छत्रले विगतमा काठमाडौंकै महावौद्धमा धुलिखेल बचत तथा ऋण सहकारी संस्था खोली उक्त संस्थाको श्रेष्ठ स्वयम् सचिव पदमा रहि काठमाडौंको लोकल बासिन्दाको हैसियतमा करिब रू एक करोड ३८ लाख ठग्न समेत भ्याएको स्रोतको दाबी छ। उनले ठगी गरेका विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
सो मुद्दामा अदालतले १२ लाख रूपैयाँ धरौटी र दुई दिन कैद सजाए समेत तोकेको छ। तर श्रेष्ठले भने हाल अदालतको आँखामा छारो हाल्दै, अदालतको आदेशको ध्वजी उडाउँदै खुलमखुला रूपमा हिँडिरहेका छन्।
ठग श्रेष्ठले अहिले अदालतमा पैसाको सेटिङ मिलाएर पेसी सार्ने समेत गरेको स्रोतले बताउँछन्। यस विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो 'सीआईवी' को समेत ध्यानाकर्षण भएको बताइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
नाबालिका हत्या आरोपमा आमाछोरीलाई पक्राउ
बैशाख २०, २०८१ बिहिबार
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
देशभर वन डढेलोको अवस्था विकराल बन्दै
बैशाख २०, २०८१ बिहिबार
सेतीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला
बैशाख २०, २०८१ बिहिबार
कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
राष्ट्र बैंकको कारबाहीमा परे लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट बैंक
बैशाख २०, २०८१ बिहिबार