गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
नेपालबहस संवाददाता
फागुन ४, २०८० शुक्रबार १२:२१:४८
४ फागुन, बागलुङ । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको हो ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको रु १० लाखले पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग निर्माणका लागि पर्यटन तथा उद्योग कार्यालय बागलुङसँग सम्झौता गरेर काम सुरु गरिएको गाईघाट झरना–बराहताल पदमार्ग निर्माण समितिका अध्यक्ष नरबहादुर घर्ती मगरले जानकारी दिए ।
यस वर्ष विनियोजन भएको बजेटले तालसम्म पदमार्ग पु¥याउन नसकिने उहाँको भनाइ छ । पक्की पदमार्ग निर्माण गर्न बढी खर्च लाग्ने हुँदा यस वर्ष करिब सात सय मिटर निर्माण हुने अध्यक्ष घर्ती मगर बताउँछन् । गाईघाट झरनादेखि करले गाउँसम्म पदमार्ग निर्माण गर्ने मगरले बताए ।
उनले भने, “झरनादेखि केही माथिसम्म यसभन्दा अगाडि पदमार्ग निर्माण भएको छ, त्यहाँबाट नयाँ काम सुरु गरेका छौँ, योजना बराह तालसम्म पु¥याउने हो, तर बजेटले पुग्दैन, माथि गाउँसम्म पुग्ने ‘स्टिमेट’ भएको छ, कामलाई तीव्रता दिन थालेका छौँ, पदमार्गमा सिमेन्ट, बालुवाको प्रयोग बढी गर्नुपर्ने हुँदा बढी खर्चिलो हुन्छ ।”
ताराखोला–१ मा पर्ने झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । झरनामा आउने पर्यटकलाई तालसम्म पु¥याउन पदमार्गले सहजता प्रदान गर्ने ताराखोला–१ का अध्यक्ष यामबहादुर श्रीसले बताए । खासगरी पर्यटन प्रवर्द्धनका लागि पदमार्ग निर्माण गर्न थालिएको उनको भनाइ छ । गाईघाट झरनादेखि बराह ताल पाँच किलोमिटर उत्तरमा रहेको जनाउँदै तालसम्मै पदमार्ग पु¥याउनका लागि आगामी वर्ष प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने अध्यक्ष श्रीसले बताए ।
झरनामा गाउँपालिकाले यसभन्दा अगाडि सोलार बत्ती जडान, बगैँचा व्यवस्थापन, खोलामा पुल बनाएको जनाउँदै पछिल्लो समय पर्यटकको आकर्षण पनि बढ्दै गएको उनको भनाइ छ । महिनामा करिब दुई हजार बढी पर्यटकले झरनाको अवलोकन गर्ने गरेको श्रीसले बताए । सबैभन्दा बढी बिदाको दिनमा पर्यटक आउने गरेका उनले जानकारी दिए ।
झरनालाई व्यवस्थित बनाउनका लागि प्रदेशले चालु आवमा पदमार्ग निर्माणसहित रु १५ लाख विनियोजन गरेको उनले बताए । झरनाभन्दा माथि रहेको ताललाई सौन्दर्यकरण गर्नुका साथै त्यस वरपर मन्दिर निर्माणसमेत गरेको वडाध्यक्ष श्रीसको भनाइ छ ।
“अहिलेसम्म झरनामा आउने पर्यटक तालसम्म पु¥याउन सकिएको छैन, ताल धेरै टाढा पनि होइन, पाँच किलोमिटरको दूरीमा छ, पदमार्ग निर्माणपछि झरना र ताललाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ की भन्ने लागेको छ”, अध्यक्ष श्रीसले भने, “यस वर्ष पुर्याउन नसके पनि आगामी वर्षमा पालिका र प्रदेश सरकारसँग सहकार्य गर्छौं, तालसम्म पदमार्ग पुर्याउने छौँ, पर्यटकको चाप बढ्दै गएको छ, झरनामा आएका पर्यटकलाई तालसम्म पु¥याउन सके गाउँका उत्पादनले मूल्य पाउने छ, रोजगार सिर्जना हुने भने अन्य अवसर सिर्जना हुने अपेक्षा लिएका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
कात्तिक २९, २०८१ बिहिबार
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
कात्तिक २९, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार